सामाजिक दूरीकै बीच २ सय २२ जनालाई बक्स अफिस म्युजिक अवार्ड

काठमाडौं । लकडाउनकै बेला सामाजिक दूरी कायम गर्दै काठमाडौंमा रसिया संस्करणअन्तर्गतको ‘नेसनल बक्स आफिस म्युजिक अवार्ड –२०७६’ प्रदान गरिएको छ । रसियामा हुने यो अवार्ड विश्वव्यापी कोरोना संक्रमणका कारण काठमाडौंको ठमेलको एक होटलमा गरिएको हो । अवार्डको निर्णायकमा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, राजु सिंह, महेश खड्का, चेतन सपकोटा, वसन्त सपकोटा थिए । यसपटक पनि विश्व कीर्तिमानको मापदण्ड पूर्ण पालना गर्दै अवार्ड प्रदान गरिएको आयोजक संस्था बक्स अफिस इन्टरनेसनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी (आरके)ले बताए ।

कार्यक्रममा चलचित्र भिडियोतर्फ ‘ए मेरो हजुर–३’ बाट अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाले, चलचित्र गीति भिडियो (अभिनेता÷अभिनेत्री) पब्लिक च्वाइस अवार्ड प्राप्त गरे । यस्तै, चलचित्र वीरविक्रमबाट अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटीले चलचित्र गीति भिडियो (अभिनेता अभिनेत्री) जुरी अवार्ड प्राप्त गरे ।

यस्तै, अग्रज गायक गायिका ज्ञानु राणा, गायक आनन्द कार्की, यम बरालले क्रिटिस्क अवार्ड पाए । गायिका अन्जु पन्तले जुरी र मेलिना राईले क्रिटिक्स अवार्ड पाइन् । यस्तै, पपबाट कमल खत्री, सुनिलसिंह ठकुरी, सुरज पौडल, आशिष सचिनले पनि अवार्ड प्राप्त गरे ।

आर्थिक वर्ष २०७५-७६ को असार मसान्तसम्म सार्वजनिक भएकामध्येबाट यो अवार्डका लागि ३ हजार ७ सयवटा गीतसंगीत र म्युजिक भिडियोले आवेदन दिएका थिए । जसमा चलचित्र, आधुनिक, लोकदोहोरी, लोक, पप, राष्ट्रिय भावनाले ओतप्रोत, तिज, चाडपर्व, भाषाभाषिक, प्रवास, भजन, मोफसलसहित विधा ३२ वटा विधा थिए । ३२ वटै विधामा जुरी, क्रिटिक्स, पब्लिक च्वाइस र इनकरेजमेन्ट गरी २ सय २२ स्रष्टालाई कार्यक्रममा अवार्ड प्रदान गरियो ।

आधुनिक संगीतकारबाट दीपक रमण, विकास चौधरी, आधुनिक गायकबाट प्रमोद खरेल, सिडी विजय अधिकारी, देवकुमार चौधरी, सीताराम पोखरेलले पनि फरक चार विधाका अवार्ड पाए । यस्तै, आधुनिक संगीतकार दीपक राज गौतम, सुमन नेपाली, राज सिग्देल, ज्योति प्रकाश, शान्ति थापा, नारायण गजुरेल, अमृशा पाण्डेले पनि अवार्ड प्राप्त गरे ।
कार्यक्रममा आधुनिक गीतकारबाट डब्बू क्षत्रीले आधुनिक गीत विधामा मेरो जवानीबाट क्रिटिक्स अवार्ड पाए भने मेरो जवानी गीतबाटै गायिका सरिता भारतीले गायिकातर्फको इन्करेजमेन्ट अवार्ड पाइन् । आधुनिक गीतबाटै डा. डीआर उपाध्यय, अरुण तिवारी, नारायण गजुरेल, राष्ट्रिय गीतकारबाट प्रभु शाह, भूमिका लिम्बु सुब्बा, ध्रुवप्रसाद अम्बानी, श्रीधरा अधिकारी (श्रीजु)ले अवार्ड पाए ।

आधुनिक पपतर्फ गायिका सिर्जना केसी, आश्मा पाण्डे, निरुता खत्री, सुजता केसी, शोभा कार्की, तृष्णा खड्का, जानकी कुँवर, सञ्जु न्यौपानेले पनि चार फरक विधाका अवार्ड पाए । पपतर्फ सुनिलसिंह ठकुरी, विनोद ढकाल, दिनेश क्षत्री, नारायण थापाले पनि विभिन्न अवार्ड प्राप्त गरे ।

यस्तै, आधुनिक भिडियो निर्देशकबाट शोभित बस्नेत, मदन घिमिरे, राजु अधिकारी, ज्योति काफ्ले, अमर ओली, गम्भीर विष्टले अवार्ड प्राप्त गरे । आधुनिक गीत मोडल पुरुषबाट धीरेन शाक्य, मोडल शीतल केसी, विनोद श्रेष्ठ, राज क्षितिज, महिला मोडलबाट आशिष्मा नकर्मी, शुभेच्छा थापाले क्रिटिक्स अवार्ड पाए । यस्तै, चलचित्र नृत्य निर्देशकबाट कविराज गहतराज, दिनेश पाख्रिन, क्रिटिक्स अवार्ड पाए ।

आधुनिक, लोक गायनमै नरहरि प्रेमी, पम्फा कँडेल, रेखा बस्नेत, अनिता श्रेष्ठ, विक्रम थापा, खुसीहाङ राई, केशव शर्मा बेल्वासे, काव्य आचार्य, प्रकाशकुमार राई, भुवन प्यासी, लोकेश राई, चित्र अठरिया राई, सञ्जीवबहादुर सिंह, शंकर ढकालले बक्स अफिस अवार्ड पाए । यस्तै, भजनतर्फ खुमा ओली, गीतकारतर्फ विष्णु पौडेल, श्याम शर्मा, किरण घिमिरे, तिलबहादुर कार्की, सानु केसी, नरेन पुनले इन्करेजमेन्ट अवार्ड थापे भने लोकगायनतर्फ यज्ञ सापकोटा, गौरी भट्ट, रमित विसी, लक्ष्मी बस्नेत, दीपक बराइली, राज कुस्मी, चन्द्रबहादुर तामाङ, इन्दु बस्याल यही अवार्ड पाए । नवगायनतर्फ सुरेश गौतम, अनुशा रायमाझी र नवराज लोहनीले अवार्ड पाए ।

पप आधुनिक मोडलतर्फ विभिन्न विधामा विशाल विष्ट, रञ्जन रिजाल, श्रेया दुलाल, उषा कार्की, फरिता खड्का, सानु तामाङ, प्रतीक्षा खड्का, रमेशचन्द सोडारी, सिम्रन कार्की, प्रेम सोनी, नवराज सिलवाल, एन भट्टराई, समृद्धि पौडेल, राजु लामा, किशोरकुमार शर्मा, समीर खनाल, कविता राय, रुस्मा राई, चलचित्र भिडियो (नवनायक) प्रेम सोनी, रीता थापा, भीमबहादुर कार्की (भूपाल), सिर्जना मैनाली, ऋचा थापा र समृद्धि पौडेलले पनि अवार्ड हासिल गरे । युगल गायन कमल खत्री र रानी शाक्यले अवार्ड पाए ।

लोकदोहोरीबाट गायक प्रकाश सपूत र गायिका ज्योति मगरले क्रिटिक्स अवार्ड पाए । लोकसंगीत तथा गायनतर्फ नवीन रावल, जीवन परियार, सरु थापा, धनकुमारी रायमाझी, सुस्मा राई, कृष्ण बस्नेत, यमन माझी, कृष्ण लामिछाने, धर्मराज न्यौपाने, दुर्गा मगर, सुमी पराजुली, विमल आठरिया राई, नवीन रेउले विभिन्न विधामा अवार्ड जिते ।

यस्तै, विभिन्न भाषाको गीतकारतर्फ मीनसागर लामा, सुमन चित्रकार, गणेशप्रसाद मर्हजन, दिलकृष्ण प्रजापति, अशोक श्रेष्ठ, राजेशकुमार श्रेष्ठ, अशोक महर्जन, देवनारायण मगर, सन्ध्या राई, गीतकार प्रकाश पुञ्जले अवार्ड पाए ।
यस्तै, विभिन्न १२ भाषाका फरक चार विधाका अवार्ड गायक गायिकाहरू जितबहादुर पुन, लक्ष्मी दोङ तामाङ, रोजी श्रेष्ठ, नन्दु राई, पूर्ण लिम्बु, मान्जय लामा, रामभक्त जोशी, रत्नशोभा महर्जन, नवीन महर्जन, लीला लामा, आश्मा राई, डिकेश इदिंगो, उजय नेमाङ लिम्बु, पूर्णबहादुर लिम्बु, अनुका राई, संगीता राई, आङनिमा शेर्पा, खुसी थुलुङ राई, भक्तराज देव, कमला धामी, यम शर्मा सुब्बा, सानी शाक्य र पुनम मोथेले प्राप्त गरे ।

यस्तै, प्रवासबाट चलचित्र गीतकार नृपेश उप्रेतीले, गीतकार पुनम मोधे, संगीत सिर्जना दिलीप राई, सागर गोविन्द चेम्जोङ लिम्बुले अवार्ड प्राप्त गरे । महिला गीतकारमा सावित्री चिलवाल, प्रियांका भण्डारी, तृष्णा खड्का र सपना पुनले अवार्ड पाए ।

विविध एवं भाषिक मोडल तथा नव मोडल अजय खड्का, माधव केसी, सुवास फुयाल, बुद्धकुमार श्रेष्ठ, साजन सन्ध्या राई, विन्दु राई, पूजा गुरुङ, लोकबहादुर सुनुवार, वीजेन्द्र नेमाङ, दीपेश श्रेष्ठ, करण श्रेष्ठ, विवेक चौधरी, उज्वन नेम्वाङ, कविता यादव, समीर खड्का, सुकबहादुर तामाङ, कविता शाक्य, कमलसिंह, दुर्गा भट्ट, सुस्मिता श्रेष्ठ, नियुक्ति काजी शेर्पा, सुरज नापित, सरोज नापित, सोभा महर्जन, सारा श्रेष्ठ, राजेश कार्की र दुर्गा भट्टले पनि अवार्ड हासिल गरे । गीतकार प्रकाश पुञ्ज, गीतकार पुष्पराज बराल, रवि सिंह, सम्राट बस्नेत, किरण माइकल घिमिरे, विष्णु खड्का, नरेन पुनले पनि फरक विधामा इन्करेजमेन्ट अवार्ड प्राप्त गरे ।

प्राविधिकतर्फ मिकसिङमा डिका गुरुङ, वाद्यवादनमा राजु खड्का, एरेन्जरमा वीरबहादुर फुयाल, थोमस राई, एरेन्जर सुमन कपाली, राकेश क्षत्रीले आवार्ड पाए । लोक, पप तथा विविध म्युजिक भिडियो निर्देशक माइकल चन्द, मदन खड्का, जीवन शाही, किशोर भण्डारी, उत्तमबहादुर वाइबा, नवीन पुरी, लीला विष्ट, टीकाराम ढुंगाना, मैथिली गीत भिडियो निर्देशक सुवास गजुरेल, भिडियो निर्माता भीमबहादुर कार्की (भूपाल)ले चार फरक विधाको अवार्ड पाए । भिडियो छायांकनमा वीरेन्द्र भट्ट, रविन ढुंगेलले, सम्पादनमा अनिल राणा, प्रेम शर्मा पौडेल, बाबुकाजी डाल्मी, नवीन निरौला, तेन्जिङ मोक्ताङ लामा, विश्व खड्काले, नृत्य निर्देशनमा प्रकाश क्षत्री, केशव अधिकारी, सुबल थापा, उत्तरकुमार थापा र नवनिर्देशक कुमार आचार्यले इन्करेजमेन्ट अवार्ड प्राप्त गरे ।

समारोहमा कलाकार संघका अध्यक्षय रवीन्द्र खड्का, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य अशोक राई, ए डिभिजन मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष छिमी गुरुङ, समाजसेवी सोनाम गुरुङ, वरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठलगायत अवार्ड प्रदान गरे । आयोजक आरकेले यसभन्दा अघि पनि उडिरहेको हवाईजहाज, समुन्द्रभित्र, सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा अवार्ड गर्दै गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नेपालको नाम दर्ता गराइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 405 times, 1 visits today)

epaper

ताजा समाचार

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण