रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।
सिम्लीबाट चौरजहारीतर्फ गइरहेकोे विद्युतीय सवारीसाधनले मुसिकोट खलङ्गाबाट सुर्खेतर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई सल्लेस्थित जिल्ला अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने विद्युतीय गाडी र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।
तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)
सम्बन्धित समाचार
वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलद्वारा खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव
देशभर ९६ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न
फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल
प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत हुँदैछन् यी चार विधेयक, चारवटा संसदीय समितिको बैठक पनि बस्दै
एक करोड ९४ लाख राजस्व सङ्कलन
परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित ४ जना पक्राउ






