काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३७ वर्षीय नविन लामा र सल्यानको शारदा नगरपालिका–२ घर भई हाल काठमाडौं–३२ मै बस्ने ५० वर्षीय रमेश रेउले रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले लामालाई काठमाडौं महानगरपालिका–२६ बाट र रेउलेलाई वडा नं २९ बाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार नविनले मलेसिया पठाइदिने भन्दै ३ जना पीडितबाट १४ लाख रुपैयाँ र रमेशले अमेरिका पठाइदिने प्रलोभन देखाएर १ जना पीडितबाट ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूको किटानी उजुरीका आधारमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने दुलाल पक्राउ
लागुऔषधसहित दुई जना पक्राउ
ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ
अवैध नदी उत्खनन गर्ने सात जना प्रहरी नियन्त्रणमा
लागुऔषधसहित एघार जना पक्राउ
केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ





