काठमाडौं । बाराकी बालिका गरिमा चौधरी हत्या अभियुक्तको बयानको भिडियो खिच्ने प्रहरी पक्राउ परेका छन् । बालात्कारपछिको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा ती प्रहरी प्रकाउ परेका हुन् ।
भिडियोमा अन्य दुई प्रहरी पनि देखिएका छन् । एकजना प्रहरी भने बीचैमा उठेर हिडेको र अर्का एक प्रहरीले भने भिडियो बनाइरहेको देखिन्छ । उक्त भिडियोमा किशोरले कसरी बलात्कार गरेको भन्ने सबै कुरा खुलाएका छन् । प्रहरीले समक्ष गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो।
त्यसक्रममा भिडियो खिच्ने व्यक्तिबाटै त्यो बाहिरिएको हुनसक्ने देखिएपछि पक्राउ परेका हुन् । बारा प्रहरीका एसपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई अहिले पक्राउ गरी हिरासतमा राखिएको छ । उनलाई फौजदारी कुसरमा नै कारबाही अघि बढाउने तयारी भएको छ ।
सम्बन्धित समाचार
जापान पठाउने भन्दै २ करोड ८० लाख रुपैयाँ ठगेको अभियोगमा पक्राउ
सशस्त्रका आईजीपी पौडेलको निर्देशन : कानुनी दायराभित्र रही न्यायोचित तरिकाले मात्र बल प्रयोग गर्नु
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
निर्णय सुनाउने बेला निधि र महतबीच किन भयो धकेलाधकेल ?
भारतीय सेनाध्यक्ष धीरज सेठ काठमाडौंमा
टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?
साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने, उपभोक्ताको सहभागितामा उछाल
कोशी मन्त्रिपरिषदमा प्रचण्डका ज्वाइँको ह्याट्रिक






