क्वारेन्टाइन भरिभराउ भएपछि सुरक्षाको जिम्मा नेपाली सेनालाई

कालिकोट । पछिल्लो समय भारतबाट आएका नागरिक यहाँका क्वारेन्टाइनमा भरिभराउ भएपछि क्वारेन्टाइनको सुरक्षा नेपाली सेनालाई दिइएको छ । क्वारेन्टाइनमा भरिभराउ नागरिक भएर उनीहरुको सुरक्षा गर्न नेपाल प्रहरी र जनप्रतिनिधिलाई नियन्त्रण गर्न हम्यहम्य भएपछि नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको छ ।

क्वारेन्टाइनमा बसकेमा नागरिकहरको सुरक्षाको लागि नेपाली सेनालाई जिम्मा दिइएको छ । रोजगारीको शिलशिलामा भारतमा गएका नेपालीहरु कोरोना त्रासले धमाधम घर फर्किन थालेपछि यहाँका क्वारेन्टाइन भरिभराउ भई स्थानिय सरकारले नियन्त्रण गर्न नसक्ने हुँदा यहाँका मुख्य तिन वटावटा स्थानिय तहका क्वारेन्टाइनमा नेपाली सेनाले सुरक्षा दिइरहेको सेनानी उत्तम कटुवालले जानकारी दिए ।

यस्तै रास्कोट नगरपालिकाको वडा र्न ७ को क्वारेन्टाइन, तिलागुफा नगरपालिका र खाँडाचक्र नगरपालिकास्थित तिलाकर्णाली क्याम्पसको क्वारेन्टाइन गरी जिल्लाका तिन वटा क्वारेन्टाइनको सुरक्षा सेनाले गरिरहेको सेनानी कटुवालले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनको व्यवस्थापनमा सानोदेखि ठुलोसम्मका कामहरुमा आफुहरुले सघाएको बताउँदै थप विपतमा सहायताा होस् भनी सेना खटाएको बताए ।

जिल्ला सुरक्षा समितिले निणर्य गरेर क्वारेन्टाइनमा सेनाले सुरक्षा दिइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैरेले जानकारी दिए । क्वारेन्टाइनमा बसेका व्यक्ति भाग्न थालेपछि सेनाले सुरक्षा दिएको रास्कोट नगरपालिका प्रमुख काशिचन्द वरालले बताए । रास्कोट नगरपालिकाले अहिले नमुना क्वारेन्टाइन निर्माण गरी ६ सय नागरिकलाई बसालेको छ ।

जिल्लामा दरबन्दी अनुसार प्रहरी नहुँदा नेपाली सेनालाई पनि सुरक्षा माग गर्नु परेको प्रहरी प्रमुख श्याम बावु वलियाले बताए । उनका अनुसार कर्णालीका अन्य जिल्लाहरु भन्दा यहाँका नागरिक रोजगारीको लागि भारत जाने भएकाले पनि उनीहरुको चाप धेरै छ । अझै आउने क्रम जारी नै छ । अझै सुरक्षाका लागि थप सेनाको माग हुन सक्ने बताए । अहिले पनि प्रहरीले सुरक्षा दिन सकिरहेको छैन । प्रत्येक क्वारेन्टाइनमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

सुरक्षा मजवुत हुँदा क्वारेन्टाइनमा बसेका नागरिकहरु कोरोना संक्र्मणको जोखिम कम भएको रास्कोट नगरप्रमुख काशिचन्द वरालले बताए । उनले भने, ‘हामीले आर्थिक व्यवस्थापन मात्र गरिरहेका छौं ।’ अरु उनीहरुको सुरक्षाको लागि कुनै कमी नरहेको उनले बताए । क्वारेन्टाइनमा बसेका नागरिकहरु राति रतौली र घर जाने भागेको खवर आएपछि सुरक्षा माग गरिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग