जनकपुरधाम उपमहानगरपालिका स्थित एक गेस्ट हाउसबाट युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका ६, नमस्कार चौक नजिक रहेको न्यू राजधानी गेष्ट हाउसको एक कोठामा एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्याल धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार मृत फेला परेकी युवतीको नाम खुलेको छैन । तर उनी खोटाङको हलेसी निवासी रहेको छ । काठमाडौँ बस्दै आएका युवतीका आफन्तलाई जानकारी गराई सकिएको छ, विस्तृत विवरण ’em आएपछि खुल्ने उनले बताए ।
डिएसपी खनालले भने ‘कोठाको ढोका भित्रैबाट बन्द रहेकाले अहिले खोल्या छैनाै, मृतकको आफन्त आएपछि कोठाको ढोका खोलिनेछ त्यसबाट थप कुरा बाहिर आउनेछ ।’
होटलको रेकर्ड अनुसार ती युवती एक युवकसँग तीन चार दिन देखिसँगै बस्दै आएका थिए । प्रत्यक्षदर्शी र होटल कर्मचारीको पहिचानको आधारमा युवतीसँगै बस्दै आएका सिरहा निवासी ती युवकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको डिएसपी खनालले बताएका छन् ।
सम्बन्धित समाचार
३ वर्षिया अवोध बालिकाको शव फेला, सौतेनी आमा पक्राउ
वडाध्यक्ष महतो पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ
एकैपरिवारका ३ जना पुर्पक्षका लागि थुनामा
राजधानीका मधेश व्यूरोप्रमुख भण्डारी सम्मानित
कार्यवाहक नगरप्रमुखलाई सडक अतिक्रमण हटाउन भ्याइ नभ्याई
पूर्व कृषि मन्त्री साहले गरिन् विद्यालय भवनको शिलान्यास
पर्व त्यौहारको सिजनसँगै बढ्यो झापको कारोबार






