काठमाडौं । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार सरकारले राजपत्रमार्फत सो घोषणा गरेको हो।
तिब्बत हुँदै नेपाल पसेको प्रलयकारी बाढीले ठूलो क्षति पुर्याएका रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरिएको छ।
जसअनुसार रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपालिका तथा नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका एवम् किस्पाङ र तारकेश्वर गाउँपालिका विपद्ग्रस्त क्षेत्र घोषित भएका छन्।
त्यस्तै धादिङका सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँका दुई स्थानीय तह (देवघाट र आँबुखैरैनी गाउँपालिका) रहेका राजपत्रमा उल्लेख छ।
सरकारले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा प्रलयकारी बाढीको क्षति भोगेका ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्दै उद्धार, राहत र पुनर्मार्माणमा केन्द्रित हुने जनाएको छ।


सम्बन्धित समाचार
सामाजिक परीक्षणमा एफडब्लुएलडीको प्रशंसा
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना हुने
गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन
बाढीपीडितलाई ललितपुरका ३ स्थानीय तहको एक करोड ८० लाख सहयोग
रेडक्रसद्वारा पौने ५ अर्ब सहयोग अपील
२४ घण्टामा विपदवाट १३ जनाको मृत्यु, ५ बेपत्ता
रसुवा बाढीमा ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी सम्पर्कबाहिर
माटोमुनि पुरिएकी बालिकाको उद्धार





