कञ्चनपुर र बझाङबाट १४ किलो चरेशसहित ३ जना पक्राउ

धनगढी । कञ्चनपुर र बझाङबाट प्रहरीले करिब १४ किलो लागूऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेशसहित दुई जना पक्राउ परेका हुन् ।

शुक्रबार राति इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोष्ट गजरौलाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको सेतो रङको बोलेरो पिकअप जिप जाँच गरेको थियो ।

जिपको बोनटमा लुकाइछिपाइ राखिएको अवस्थामा चरेश फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले चरेशसहित जिप चालक बझाङको बुंगल नगरपालिका–१ दहबगरका २२ वर्षीय कलक धामी र जिपमा सवार केदारस्युँ गाउँपालिका–७ काँडाचौरका ५० वर्षीय करन धामीलाई पक्राउ गरेको हो ।

यस्तै, बझाङको बित्थडचिर गाउँपालिका–४ मल्लो भत्तडास्थित बोहरा किराना पसलबाट ४०० ग्राम चरेश बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले पसलमा खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा चरेश फेला पारेको हो । प्रहरीले चरेशसहित पसल सञ्चालक सोही ठाउँका ३१ वर्षीय वीरबहादुर बोहरालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढी अपडेट : ६ सय २६ जनाको शव फेला, २ हजार ४२६ जना अझै सम्पर्कविहीन