काठमाडौं । रसुवामा आएको बाढीका कारण त्रिशूली ३ ए सुरुङभित्र फसेका नागरिकहरूको उद्धार कार्यलाई तीव्रता दिन सुरक्षाकर्मी तथा उद्धार टोली सुरुङको माथिल्लो भागसम्म पुगेका छन्।
उद्धार टोलीले सुरुङको माथिल्लो भागसम्म पहुँच पुर्याएर सानो प्वालमार्फत भित्र हावा पठाइएको छ। सुरुङभित्र अक्सिजनको व्यवस्था मिलाएसँगै खन्ने काम अघि बढाएर उद्धार टोलीलाई नै भित्र पठाउने योजनाका साथ टोली निरन्तर सक्रिय भइरहेको छ।
उद्धारकार्यको पछिल्लो अवस्था’bout जानकारी दिँदै गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत टोली सुरुङको माथिल्लो भागसम्म पुगेर उद्धार प्रक्रिया अगाडि बढाएको बताएका छन्। फसेकाहरूलाई सकुशल बाहिर निकाल्न उद्धारकर्मीहरू युद्धस्तरमा खटिरहेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)
सम्बन्धित समाचार
मुख्य न्यायाधीश, रजिस्ट्रारको ४ जना परिवारसहित ६ जना सवार स्कारपियो भिरबाट खस्यो
स्कुलबाट घर आउँदै गर्दा बगेकी बिनिताको शव भेटियो, एक जनाको खोजी जारी
बागमतीका मुख्यमन्त्री किरण थापा मगरले भोलि विश्वासको मत लिँदै, मत दिन नेकपाद्वारा ह्विप जारी
भोटेकोशी वितण्डाः हालसम्म ७२ जनाको शब फेला
रसुवा बाढीमा ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी सम्पर्कबाहिर
छोचेन खोला र पुरेपू त्साङ्पो संगम तालको फुटयो, सुरक्षित रहन सर्कुलर
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा प्रदेश प्रमुख देवकोटा समक्ष राजीनामा पेस
यस्तो छ मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा, २० भदौमा मनाइने






