एसीसी प्रिमियर कप: नेपालले आज बहराइनको सामना गर्दै

काठमाडौं । तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा बहराइनविरुद्ध प्रतिस्पर्धा गर्दै छ। मलेसियाको बाङ्गीस्थित वाइएसडी-युकेएम ओभल मैदानमा हुने यो खेल बिहान ७:१५ बजे सुरु हुनेछ।

एकदिवसीय क्रिकेटमा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुन लागेका हुन्। नेपाली टोली पहिलो खेलमै बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यमा छ। प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली मात्र सेमिफाइनलमा पुग्ने भएकाले समूह चरणका सबै चार खेल टोलीका लागि महत्त्वपूर्ण रहनेछन्।

पूर्वक्रिकेटर शरद भेषावकर नेपालले कुनै पनि प्रतिद्वन्द्वीलाई कमजोर सम्झन नहुने बताउँछन्। ‘एसीसी प्रिमियर कप खेल्ने १० वटै टोली बलिया छन्। हामीले कसैलाई पनि हल्का रूपमा लिनु हुँदैन। नेपालले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नेमा म आशावादी छु,; उनले भने।

प्रतियोगिताअघि नेपालले मलेसियाविरुद्धका दुवै अभ्यास खेल जितेको थियो। पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेपाल दोस्रो खेलमा भने ब्याटिङतर्फ केही कमजोर देखिए पनि उत्कृष्ट बलिङको मद्दतमा २७ रनको जित निकाल्न सफल भएको थियो।

नेपाली टोली:

आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, ईशान पाण्डे, गुलशनकुमार झा, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र शेर मल्ल।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

भेनेजुएली पूर्वराष्ट्रपति मादुरोका २ तस्बिर सार्वजनिक