बारा । भदौ १० गते विनाशकारी प्राकृतिक विपती बाढी पहिरोमा सहयोग गर्न अपिल गरेका छन । बाराको कलैया-१ स्थित जिवन ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दिलीप चौधरीले बाढी पहिरोमा प्रभावितको सहयोग गर्नुपर्ने बताएका छन ।
संस्थाको तर्फबाट ५ लाख ५ हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत जम्मा गरेको संस्थाका अध्यक्ष चौधरीले जानकारी दिएका छन । बाढीपहिरोमा फसेका उद्धार तथा खोजबिनको लागि सहयोग होस भन्ने उद्देश्यले संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको उनले बताए ।
भोटेकोसी नदीमा आएको बाढीबाट रसुवामा ठूलो जनधनको क्षतिसंगै अहिले पनि हजारौ हजारको संख्यामा नागरिकहरु बेपत्ता भएको चौधरीले बताए । यस्ता घाउमा मलहमको काम गर्ने बेला भएकोले सबै जना हातेमालो गर्ने बेला रहेको उनले बताए ।
जिवन ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना काल देखि विपत्तिमा सहयोग गर्दै आएको बताए । विगतमा कोरोनाको महामारीमा कलैया नगर क्षेत्रलाई पुर्ण रुपमा सेनेटाईज गरेको उनले बताए । साथै कोरोनाको महामारीमा प्रादेशिक अस्पताल कलैयालाई अक्सिजनको सिलिन्डर समेत वितरण गरेको अध्यक्ष चौधरीले जानकारी गराएका छन ।
देशभरीबाट विभिन्न सहयोगी दाताहरूले निरन्तर सहयोग गर्दै आईरहेका छन । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल सम्म बाराबाट करिब ३० लाख भन्दा बढी रकम जम्मा भइसकेको जानकारी प्राप्त भएको छ । रसुवामा बाराबाट कामदार, सवारी चालक, शिक्षक लगायत विभिन्न पदमा कार्यरत २८ जना बेपत्ता भएका मध्ये जितपुरसिमरा-१२ का नेपाली सेनामा कार्यरत रोहित कुमार साह, सुवर्ण गाउपालिका-३ का शिक्षक रुपेश गुप्ता, कलैया-२२ का कामदारमा कार्यरत सत्यप्रकाश राम परिवारको सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द मिश्रले जानकारी गराएका छन ।
सम्बन्धित समाचार
लुम्बिनी सरकारको कदमप्रति ‘अग्रगामी मोर्चा’को आपत्ति
‘गरिमा चौधरी हत्याकाण्ड: बाराका सुरक्षा निकाय दोषी हुन्’
मिथिलामा ३१० परिवारलाई लालपुर्जा
जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा ४ जनाको मृत्यु
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो
वीरगञ्ज चिनी मिल सञ्चालनकाे तयारी
नेपाल प्रहरी विशेष सुरक्षा गणमा दुर्गा मन्दिरको उद्घाटन
चोरीको मोटरसाइकल शाखा अधिकृतको घरबाट बरामद






