जनकपुरधाम । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको हत्या आरोपमा एक जनालई प्रहरीले पक्राउ गरेको छ । राजेशलाई अपहरण गरी भारतमा लगेर हत्या गरेको आरोपमा १७ वर्षिय परिवर्तित नाम जिल्ला ३३ (ए) ०८३/८४ लाई पक्राउ गरिएको बारा प्रहरीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
गत साता भदौ ९ गते बिहान ९ बजेदेखि बालक राजेश बेपता भएका थिए । बालक हराएको भनी पीडित परिवारले सोही दिन ११ बजेर ५० मिनेटमा हराएको भनी प्रहरी चौकी मुसहर्वामा जानकारी गराए लगतै प्रहरीले बालकको खोजतलाश शुरु गरेको थियो ।
भदौ ११ गते बिहान करिब १०ः३० बजे भारत, बिहार, मोतिहारी जिल्ला नुनियाडी पञ्चायत–१ स्थित सिंहा नदीको किनारमा बालक मृत अवस्थामा फेला परेका थिए ।
घटनाको अनुसन्धानको क्रममा सीसीटीभी फुटेज, स्थानीयको भनाई र भारतीय प्रहरीसँगको समन्वय श्रोतबाट आरोपित जिल्ला ३३ ले अपहरण गरी हत्या गरेको खुल्न आएपछि तिनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बारा प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विश्रामपुरबाट बालकलाई अपहरण गरी भारतको सो स्थानमा लगेर कर्तव्य गरी मारेको खुलेपछि उनीविरुद्ध अपहरण तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका किशोरलाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
३ वर्षिया अवोध बालिकाको शव फेला, सौतेनी आमा पक्राउ
जनकपुरको गेष्ट हाउसमा युवती झुण्डिएको अवस्थामा
ब्रहमकुमारीद्वारा रक्तदानको आयोजना
सिमराबाट फेरि अर्की बालिका बेपत्ता
जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको दुर्घटनामा मृत्यु
भाडामा मान्छे खोजेर श्रीमानको हत्या, टुक्राटुक्रा पारेर शव कर्णालीमा बगाइयो
श्रीमान्ले पढाए, प्रहरीको जागिर पाएपछि प्रेमीसँग फरार
प्राकृतिक विपतीमा सहयोग गरौ : अध्यक्ष चौधरी






