अशक्त र ज्येष्ठ नागरिकलाई घरैमा परिचयपत्र नविकरण

राजविराज । राजविराज नगरपालिका कार्यालयले शारीरिक रुपमा अशक्तलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नविकरण गर्न थालेको छ ।

अशक्त तथा हिडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकको घरमै पुगेर मंगलवार देखी उक्त सेवा सुविधा प्रदान गर्न थालिएको हो । यसै क्रममा वडा नंं.७ का १३ जना अशक्त तथा ज्येष्ठ नागरिकको घरमै जनप्रतिनीधी र कर्मचारीको टोली पुगेर समाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गरिदिएका छन ।

टोलीमा वडा सदस्य रमानन्द देव, वडा सचिव अमरनाथ दत्त र कम्प्युृटर अपरेटर दिपेश यादव सहभागि छन ।

समाजिक सुरक्षा भत्ता परिचयपत्र भदौ महिना भित्रै नविकरण गराइ सक्नुपर्ने प्रावधान छ । तर कतिपय अशक्त तथा ज्येष्ठ नागरिक वडा तथा नगरपालिका कार्यालय सम्म आउने अवस्थामा न रहेको र समयमै नविकरण न गराउँदा सरकारबाट पाउने सुविधाबाट बन्चित हुने देखिएकाले घरमै पुगेर परिचयपत्र नविकरण गर्न थालिएको वडा सदस्य देवले बताए ।

राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले जनताको काम गर्ने क्रममा अहिले नगरका १६ वटै वडामा जनप्रतिनीधी र कर्मचारीको टोली अशक्त र ज्येष्ठ नागरिकको घरमै पुगेर समाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्न थालेको जानकारी दिईन ।

अशक्त तथा हिडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक घरमै परिचयपत्र नविकरण गर्न टोली आउँदा निकै खुशी भएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

पुवा र जोगमाई खोलामा फेरि जडान हुँदै बेलीबृज