सर्लाहीमा कोरोना संक्रमितको संख्या ४ सय ८१ पुग्यो

सर्लाही । सर्लाहीमा शुक्रवार र शनिवार दुई दिन गरी ६८ जना कोरोना संक्रमित बिरामी थपिएका छन् । यो सँगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या ४ सय ८१ पुगेको छ । शुक्रवार सर्लाहीको ८ पालिका गरी ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो भने शनिवार आज पाँच पालिका गरी १० जनामा कोरोना संक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।

आज सर्लाहीमा १३ जना कोरोना संक्रमितको रिपोर्ट आए पनि १ जना रौतहटका २ जना पुरानै संक्रमित रहेको र ति दुई संक्रमितको पुःन पिसिआर प्रविधिमा स्वाब परिक्षण गरिएकोले कोरोना पोजेटिभ रिपोर्ट आएको प्रजिल जिसीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका