राजविराज । घरमा एक्लै रहेकी एक महिलाको बलात्कार गरी फरार रहेका प्रतिवादी घट्नाको अढाई महिनापछि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका–९ कमलपुर टोल वस्ने ३२ वर्षिय दिलिपकुमार यादव छन् । गोप्य सुचनाका आधारमा उनलाई मंगलवार साँझ कंचनरुप नगरपालिका ८ स्थित वेरियर चौकबाट पक्राउ गरिएको प्रहरी निरिक्षक विजय कार्कीले जानकारी दिए ।
घरमा एक्लै रहेको मौका छोपी २०८३ जेठ २५ गते राती सप्तकोशी नगरपालिका वडा नंं १० घर भएकी ३५ वर्षिया महिलाको बलात्कार पछी यादव फरार भएको प्रहरीको भनाई छ ।
पीडीत महिलाले इलाका प्रहरी कार्यालय कंचनपुरमा जाहेरी दिएपछी प्रहरीले जबरजस्ती करणी मुदा दर्ता गरी उनको खोजतलास कार्य तिब्र बनाएको थियो ।
पक्राउ परेका यादवलाई बुधवार सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।







