भोटेकोशी बाढीमा ज्यान गुमाएका जवान कुँवरप्रति सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कर्तव्य निर्वाहका क्रममा जीवन उत्सर्ग गरेका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले नुवाकोटको लिखु गाउँपालिका–१, बरफेदीमा पुगी सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

साथै, उनले स्वर्गीय साजन कुँवरका परिवारजन तथा बाढीमा परी बेपत्ता भएका सशस्त्र प्रहरी सहायक हवलदार आशिष पौडेलका परिवारजनसँग भेटघाट गरी समवेदना तथा सहानुभूति व्यक्त गरेका छन् ।

उनले आशिष पौडेललगायत बेपत्ता भएका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूको खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बल, नेपाल निरन्तर समर्पित रहिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीमा ज्यान गुमाएका जवान कुँवरप्रति सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा श्रद्धाञ्जली अर्पण