त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत आयो, उद्धार जारी

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइरहेका बेला सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उदृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन् ।

रास्वपा सांसदसमेत रहेका न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सुरुङभित्रबाट मानिसको आवाज आएको जानकारी उद्दाररत सेनाबाट प्राप्त भएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ । सुरु भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो ।’

‘उद्धार कार्य अझै जारी छ । भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ । उद्धार टोलीले नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौं भनेपछि भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया प्राप्त भएको छ,’ उनले लेखेका छन् ।

यो सुरूङको उद्धारको नेतृत्व लिएर फिल्डमा काम गरिरहेका उनी हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार कार्यमा सहभागी थिए ।

अब भने आफू फर्किने उनले बताएका छन् । ‘हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिएँ । अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडी मार्फत काठमाडौं फर्कने तयारीमा छु,’ सांसद न्यौपानेले लेखेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत आयो, उद्धार जारी