सुन्दरहरैचा (मोरङ) । इटहरीको पश्चिम लाइनस्थित एनसेल गल्लीमा स्मार्ट सहजिलो ट्राभल एण्ड टुर प्रा.लि.को आधिकारिक कार्यालय उद्घाटन गरिएको छ।कम्पनीका फाउन्डर तथा म्यानेजिङ डाइरेक्टर गणेश अधिकारी, मार्केटिङ म्यानेजर सुजन अधिकारी र बिजनेस डेभलपमेन्ट म्यानेजर सञ्जीव तिम्सिनाले संयुक्त रूपमा कार्यालयको औपचारिक उद्घाटन गरिएको छ।
केही समयदेखि सञ्चालनमा रहेको स्मार्ट सहजिलो ट्राभल एण्ड टुरले आफ्नै कार्यालयमार्फत सेवा विस्तार गर्ने जनाएको छ। कम्पनीले पर्यटकीय बस सेवा, होटल बुकिङ, टुर प्याकेज, ट्राभल इन्स्योरेन्स, गाइड सेवा लगायत विद्यार्थी तथा विभिन्न समूहका लागि आवश्यक ट्राभल तथा टुरसम्बन्धी सेवा उपलब्ध गराउनेछ।
कम्पनीले नेपालका प्रमुख पर्यटकीय गन्तव्यलाई लक्षित गर्दै विभिन्न भ्रमण प्याकेज सञ्चालन गर्ने जनाएको छ। मुस्ताङ, पोखरा, चितवन, लुम्बिनी, रारा, मुगु लगायत देशका विभिन्न पर्यटकीय क्षेत्रमा टुर प्याकेज सञ्चालन गरिने फाउन्डर तथा म्यानेजिङ डाइरेक्टर गणेश अधिकारीले बताए।
‘वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै केही गर्नुपर्छ’ भन्ने उद्देश्यका साथ ट्राभल व्यवसाय सञ्चालनमा ल्याइएको अधिकारीको भनाइ छ। उनका अनुसार स्वदेशमै रोजगारी सिर्जना गर्दै पर्यटन क्षेत्रमार्फत आर्थिक गतिविधिमा योगदान पुर्याउने उद्देश्य पनि कम्पनीको रहेको छ।
स्मार्ट सहजिलो ट्राभल एण्ड टुरले यसअघि पनि विभिन्न ट्राभल तथा टुरसम्बन्धी सेवा प्रदान गर्दै आएको थियो। आफ्नै कार्यालय सञ्चालनमा आएसँगै ग्राहकलाई थप सहज, व्यवस्थित र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य रहेको कम्पनीका बिजनेस डेभलपमेन्ट म्यानेजर सञ्जीव तिम्सिनाले बताए।
नयाँ कार्यालय सञ्चालनमा आएसँगै इटहरीबाटै देशका विभिन्न पर्यटकीय गन्तव्यमा भ्रमणका लागि आवश्यक यातायात, होटल, टुर प्याकेज, बीमा तथा गाइडसहितको एकीकृत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
आगजनीपछि बन्द भएको भाटभटेनी एक वर्षपछि खुल्यो
२६ बर्ष निदाएर ब्युझिदै हेटौंडा कपडा उद्योग
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
सालपा पोखरी मेलामा कुटपिटवाट शिक्षकको हत्या, ११ जना पक्राउ
मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी
उदयपुरमा १ हजार १ सय २२ केजी भन्दा बढी गाँजासहित ३ पक्राउ
भोटेकोशी बाढीको बीमा दाबी २६ अर्ब रुपैयाँ, भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन
सुनको मूल्य आठ हजार ८०० रुपैयाँले गिरावट, कतिमा हुँदैछ आज कारोबार ?






