आज साँझसम्म नागढुङ्गा–मुग्लिङ सडक सञ्चालनमा आउने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि र विज्ञहरूको रोहवरमा सडक खन्ने काम सुरु गरेका हुन् ।

कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा

आज शनिवारबाट ट्रयाक खोल्ने तयारी रहेको छ । निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काले कृष्णभीरमा मुग्लिङतर्फ १ सय ५० मिटर एक्स्काभेटर गुड्न ट्रयाक खोलिसकेको जानकारी दिए । उनले मलेखुतर्फ खण्डमा झन्डै सय मिटर ट्रयाक खोलिसकेको र बाँकी ५० मिटर ट्रयाक शनिवारबाट खोल्ने तयारी रहेको बताए ।

यात्राहरूलाई बन्दको अवस्थामा नआत्तिकन अरू विकल्प प्रयोग गर्न अनुरोध गर्दै उपाध्यक्ष खड्काले अस्थायी रूपमा भएपनि सडक राम्रो बनाउने काममा आफूहरू लागेको स्पष्ट पारे । विपद्को घडीमा राज्यलाई सघाउनु हामी सबैको जिम्मेवारी भएको उल्लेख गर्दै उनले ट्रयाक छिटो सकेर शनिवारसम्म साँझसम्म नागढुङ्गा–मुग्लिङ सडक खण्ड सञ्चालन गर्ने बताए ।

उनले भने, ‘हामी अहोरात्र खटेर काम गरिरहेका छौँ । कृष्णभीरमा मुग्लिङतर्फ १ सय ५० मिटर एक्स्काभेटर गुड्न ट्रयाक खोलिसकेका छौँ । मलेखुतर्फ खण्डमा झन्डै सय मिटर ट्रयाक खोलिसकेका छौँ । अब ५० मिटर जति मात्रै हाम्रो बाँकी रहेको छ । ट्रयाक छिटो सकेर शनिवारसम्म व्यवस्थित रूपमा नागढुङ्गा–मुग्लिङ सडक खण्ड सञ्चालन गर्न चाहन्छौँ ।’

गत भदौ १० गते र त्यसपछि निरन्तर आएको त्रिशूली बाढीको कारण कृष्णभीर, परेवाभीरसहितका विभिन्न स्थानको सडक कटान गरी बगाएको थियो । जसका कारण पृथ्वी राजमार्ग अहिले अवरुद्ध छ । सडक अवरुद्ध भएसँगै पश्चिम क्षेत्रबाट काठमाडौं नाका प्रवेश गर्ने सवारी साधनले सास्ती भोगिरहेका छन् । खाद्यान्न लगायत, अत्यावश्यक सामग्रीहरू आयात गर्न पनि असहज भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

प्रिन्सिपल कमल खनाललाई ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’