काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगन्जस्थित क्यासिनोमा जुवा खेलाएको आरोपमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित ८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार शनिबार राति साढे १० बजेतिर वीरगन्ज महानगरपालिका-१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपालीहरू प्रवेश गराई जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
‘गाउँपालिका अध्यक्ष यादव र प्रहरी निरीक्षक पौडेलसहित पक्राउ गरिएका सबै हाल हिरासतमा छन्’, जिल्ला प्रहरी कार्यालय पर्साका अर्का डीएसपी राजु कार्कीले भने, ‘थप अनुसन्धान गरिरहेका छौँ।’
सखुवाप्रसौनी गाउँलपालिकाका अध्यक्ष यादवको घर वडा नम्बर ६ मा हो भने पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पौडेलको घर स्याङ्जाको हरिनास गाउँपालिका-७ हो।
उनीहरूसँगै क्यासिनोबाट प्रहरीले सखुवाप्रसौनी गाउँपालिका-६ का वर्ष ३० का चन्दन सहनी, वीरगन्ज-११ का ३९ वर्षीय ओमप्रकाश बैठालाई पक्राउ गरिएको जनाएको छ।
यस्तै त्यही क्यासिनोका कर्मचारीहरू वीरगन्ज-१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगन्ज-२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका-५ घर भई हाल उक्त क्यासिनोमा काम गर्ने वर्ष ४९ का जयदेव साह र वीरगन्ज-१२ बस्ने वर्ष ५० का प्रदेशी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
सम्बन्धित समाचार
गरिमाको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ
युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ
बिहान ९ बजेसम्म पहिरोले यी यी सडक छन् अवरुद्ध
मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
२० वटा हेलिकोप्टर तयारी अवस्थामा, बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालन
बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुग्यो
बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा
नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै






