काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरूले बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २ लाख २६ हजार ६६ रूपैयाँ सहयोग गरेका छन् ।
कम्पनीका कर्मचारीहरूको तर्फबाट प्रदान गरिएको सहयोग रकमको चेक नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन् ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय, सञ्चालक समिति सदस्य (कर्मचारी प्रतिनिधि) लोक बहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख मानव संसाधन अधिकृत निर्झर भट्टराईको उपस्थिति थियो ।
टेलिकमका अनुसार उक्त रकम विभिन्न तहमा कार्यरत कर्मचारीहरूको तलबबाट तहगत योगदानका आधारमा कट्टा गरी संकलन गरिएको हो । कर्मचारीहरूले गरेको यो सहयोगले विपद् प्रभावित नागरिकको राहत र पुनःस्थापना कार्यमा टेवा पुग्ने अपेक्षा एनटीसीको छ ।
कर्मचारीहरूको यो व्यक्तिगत योगदानबाहेक नेपाल टेलिकमले संस्थागत रूपमा पनि कम्पनीको तर्फबाट केही दिनभित्रै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै रकम जम्मा गर्ने प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।
सम्बन्धित समाचार
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
ताल बढ्ने क्रम जारी छ, जोखिम अझै टरेको छैन : बाढी पूर्वानुमान महाशाखा
भारतले नेपाललाई पठायो ११ टन राहत सामग्रीसहित चौथो विमान
बाढीमा परी घाइते भएका ७८ जना उपचारपछि डिस्चार्ज
बाढीपीडित पहिचानमा सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग
नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
कृष्णभीरको सडक भासिएपछि उपत्यकामा एलपी ग्यासको थप समस्या, सिलिण्डरमा भरेर काठमाडौं लगिने
रसुवामा पठाइयो हैजाविरुद्ध २१ हजार डोज खोप






