कांग्रेस संस्थापनइतरको संखुवासभामा महाधिवेशन तयारी समिति गठन

काठमाडौं । नेपाली कांग्रेस १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले संखुवासभा कांग्रेसको जिल्ला अधिवेशन तयारी समित संयोजक सहसंयोजक मनोनयन गरेका छन् ।

डा। कोइरालाले संयोजकमा जिल्ला उपसभापति रामकुमार जिमी र सह-संयोजकमा महासमिति सदस्य उमेश चौहानलाई मनोनयन गरेका छन । जिमि तत्कालीन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति र चौहान तत्कालीन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हुन ।

केन्द्रीय सदस्य एवं संखुवासभाका लागि केन्द्रीय प्रतिनिधि पूर्वमन्त्री दिपक खड्काको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कार्यसमिति संखुवासभाको बैठकले संयोजकमा जिमी र सहसंयोजकमा चौहानको नाम सर्वसम्मत टुंग्याएरपछि खड्काको सिफारिसका आधारमा कोइरालाले मनोनयन गरिएको हो।

गत २०८३ साउन २९, ३० र ३१ गते सम्पन्न राष्ट्रिय भेला सम्मेलनको निर्देशन अनुसार भदौ १३ र १८ गते बसेको तयारी समितिको बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका स्वीकृत गरेको थियो। भदौ १३ र १८ गते बसेको तयारी समितिको बैठकले असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २५ गते प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कार्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनस् मंसिर २१, २२ र २३ गते काठमाडौँमा केन्द्रीय महाधिवेशन सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैगरि केन्द्रीय प्रतिनिधि खड्काले नेपाल तरुण दल, संखुवासभा जिल्ला संयोजकमा थमन गुरुङलाई मनोनयन गरेका छन ।

नेपाली कांग्रेस १५ औं महाधिवेशन कार्यतालिका दुवै पक्षले सार्वजनिक गरेपछि कांग्रेसमा जिल्लादेखि वडातह सम्म समनान्तर गितिविधि सुरू भएको हो ।

पार्टी केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा १४ औँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिले नै १५ औँ महाधिवेशन गराउनुपर्ने वैधानिक दायित्व रहेको पत्रमा उल्लेख छ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत