जनयुद्ध दिवसका कारण सुदूरपश्चिम सभाको संसद बैठक स्थगित

धनगढी । बिहीबार बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक जनयुद्ध दिवसका कारण स्थगित गरिएको छ । सत्ता पक्ष सांसदहरुले फागुन १ गते जनयुद्ध दिवस भएको र पार्टीले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रममा जानुपर्ने भन्दै सभामुख अर्जुनबहादुर थापालाई बैठक स्थगित भनेपछि पूर्वनिर्धारित संसद बैठक स्थगित गरिएको हो ।

यो प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकलौटी सरकार रहेको छ । धनगढीस्थित नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा जनयुद्ध दिवस मनाउने कार्यक्रम राखिएको थियो । पार्टीले आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा जानुपर्ने भन्दै सत्तापक्ष सांसदले संसद बैठक स्थगित गर्न सभामुख थापालाई दबाब दिएपछि संसद बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

सभामुख थापालाई संसद बैठक स्थगित गर्न दबाब दिई सत्तापक्ष सांसद जनयुद्ध दिवस मनाउने कार्यक्रममा सहभागी भए । सत्तापक्ष सांसदको दबाब पछि प्रदेशसभाको बैठक आज शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
सभामुख थापाले सांसदहरुको खासै उपस्थिति नहुने देखिएपछि संसद बैठक स्थगित गरेको बताए ।

प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका सांसदले प्रदेशसभाको पूर्वनिर्धारित संसद बैठक एक्कासी स्थगित गरिनुले जनमानसमा नराम्रो सन्देश गएको प्रतिक्रिया दिए । बिहीबारको प्रदेश सभा बैठकमा अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले प्रस्तुत गरेको निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी