कालिकोटको पलाँतामा साझा यातायात सञ्चालन

पलाँता गाउँपालिकाद्वारा संचालनमा ल्याएको साझा यातायात

कालिकोट । जिल्ला पलाँता गाउँपालिका क्षेत्रमा आजबाट साझा यातायात बस संचालनमा आएको छ । पलाँता गाउँपालिका क्षेत्र र ’roundका क्षेत्रमा सञ्चालनमा रहेका निजी जिपले यहाँका यात्रुहरुसंग बढी भाडा असुल गरेर हैरान बनाएपछी गाउँपालिकाले साझा यातायात सञ्चालनमा ल्याइएको हो ।

जनयुद्ध दिवशको अवसर पारेर फागुन १ गतेको दिन आज ६ वटा जिपहरु सञ्चालनमा ल्याएको छ । गाउँपालिकाद्वारा सञ्चालित पलाता साझा यातायात प्रालिले आजबाट औपचारिक रुपमा एउटै कलरका ६ वटा १२ जनासम्म यात्रुहरु बस्न मिल्ने जिप सञ्चालनमा ल्याएको हो ।

साझा यातायातको औपचारिक रुपमा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले हरेक यात्रुलाई झर्कने फर्कने नभइकन मुस्कान सहितको सेवा दिनका लागि निर्देशन दिए । जिल्लाको जितेवाजरदेखि घाटाचौरसम्म असुरक्षित तरिकाले यात्रा गरिरहेका यात्रुहरुको समस्यालाई मध्यनजर गरेर आरामदायी र सुरक्षित यात्राका लागि निजी कम्पनीसंगको समन्वयमा साझा यातायात संचालनमा ल्याइएको अध्यक्ष बमले बताए ।

उनका अनुसार हाम्रो जस्तो विकट क्षेत्रमा पहिलो आवश्यकता सडक हो, सडक विना कुनै पनि विकास गर्न नसकिने भएकाले पहिलो प्रथामिकता सडकलाई दिएर दुई वर्षमै सवै वडामा सडक खोलिसकेपछि आवमा सवै वडाहरुमा गाडी गुडाउने बताए । गाउँपालिकाका धेरैजसो वडाका नागरिकलाई सुरक्षित यात्रा गराउनु गाउँपालिको पनि दायित्व भएकाले यो सेवा अझै बिस्तार गरिने उनको भनाई छ ।

पलाँताका यात्रुहरुको मागलाई ध्यानमा राखेर गाउँपालिकाको नियन्त्रणमा भाडा दर कायम गर्ने गरी साझा यातायात सञ्चालनमा ल्याइएको हो । आम यात्रुहरुका लागि सहज, सुलब र सुरक्षित तरिकाले यात्रा गर्न सहज बनाउनुका साथै, धुलो, धुवाबाट बचाएर सहज यात्राका लागि साझा यातायात संचालनमा ल्याएको अध्यक्ष वमले बताए ।

पुरै आरामदायी सिट, महिला कन्डक्टर, नम्र स्वभाबका साथ यात्रुको मर्यादामा ख्याल गर्नेगरी बसले सेवा दिन सुरु गरिएको दाबी गरिएको छ । हरेक बसमा भाडादरको स्टिकर टाँस गरेर त्यस अनुसार कन्डक्टरले भाडा संकलन गर्ने ब्याबस्था मिलाइएको छ । गाउँपालिकामा ६ वटा गाडिमा १२ जानले प्रत्येक्ष रुपमा रोजगारी पाएका छन् ।

सडकै नपुगेका ठाउँमा जनप्रतिनिधिका लागि खरिद गरिएको महंगा गाडिहरुको नागरिकले चर्को आलोचना गरिरहेको वेला पलाँता गाउँपालिकाले, पहिलो पटक जनताको लागि चढ्ने गाडी संचालनमा ल्याउँदा यहाँका नागरिक दंग परेका छन्, पलाँता गाउँपालिका अध्यक्षले गाउँपालिकामा गाडी गुड्ने सडक निर्माण भएपनि राज्यले दिएको मोटरसाइकलमै यात्रा गरिरहेका छन ।

पुल नहुँदा कणाली नदीबाट जोखिमका बिच पनि ६ वटा गाडी नदीबाट तारेर पलाँता गाउँपालिमा साझा यातायात संचालनमा ल्याएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?