उदयपुर । उदयपुरका आठवटै स्थानीय तहमा नेपाली कांग्रेसले १५ औँ महाधिवेशनका लागि नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका चार नगरपालिका र चार गाउँपालिकामा अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।
त्रियुगा नगरपालिकाको सभापतिमा प्रकाशकुमार खड्का दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । नगर सभापतिमा खड्कासँगै उपसभापतिमा उमेश बुढाथोकी र शर्मिला थापा, सचिवमा उद्धव काङ्खले तथा सहसचिवमा तीर्थकुमार श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै, चौदण्डीगढी नगरपालिकाको सभापतिमा पर्वत दाहाल निर्वाचित भएका छन् । उपसभापतिमा उषा राई र राकेशकुमार चौधरी, सचिवमा केदारकुमार केसी तथा सहसचिवमा आरतीकुमारी चौधरी निर्वाचित भएका छन् । बेलका नगरपालिकाको सभापतिमा टंक आचार्य निर्वाचित भएका छन् ।
उपसभापतिमा प्रमिला विश्वकर्मा र राजेन्द्र बिष्ट, सचिवमा सुजता राई तथा सहसचिवमा झमक कार्की चयन भएका छन् । क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत अधिवक्ता ब्रह्मदेव चौधरीका अनुसार बेलका सहित सो क्षेत्र अन्तर्गतका पालिकामा सर्बसहमत नेतृत्व चयन गरिएको हो ।
त्यसैगरी निर्बाचन क्षेत्र नम्बर २ अन्तर्गतका चार पालिकामा भने नेतृत्व सर्बसम्मत चयन भएको छ । कटारी नगरपालिकाको सभापतिमा पुष्कर खड्का चयन भएका छन् । रौतामाई गाउँपालिकाको सभापतिमा घमानसिंह थापा मगर, उदयपुरगढी गाउँपालिकाको सभापतिमा चण्डेश्वर श्रेष्ठ, ताप्ली गाउँपालिकाको सभापतिमा महादेव रास्कोटी तथा लिम्चुङबुङ गाउँपालिकाको सभापतिमा हिकमत राई चयन भएका छन् । कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत पालिका तहको नेतृत्व चयनसँगै उदयपुरमा पार्टीको स्थानीय संगठनले नयाँ नेतृत्व पाएको छ ।
सम्बन्धित समाचार
कांग्रेस संस्थापनइतरको संखुवासभामा महाधिवेशन तयारी समिति गठन
मोरङ क्षेत्र नम्बर ६ मा वडा अधिवेशन रोकिँदा सहमहामन्त्री डिला संग्रौलामाथि प्रश्न
सप्तरीमा सुत्केरीले स्वास्थ्य सेवा नपाएको घटनाप्रति महिला संगठनको गम्भीर आपत्ति
‘मधेश आन्दोलनको निर्मम समीक्षा गरौँ, नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरौँ’
चार वर्षदेखि अँध्यारो कोठामा भीमा
नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
घाउमा नुन छर्किएजस्तो प्रस्ताव स्वीकार्य छैन: प्रकाशशरण महत






