झापा । सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबान जस्ता मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण एवं खोज तथा उद्धारलाई मध्यनजर राख्दै झापाको मेची नदी, कनकाई, रतुवा र बिरिङ खोलालगायतका आसपासमा रहेका गाँउबस्तीमा विपदजन्य सचेतनामूलक माइकिङ कार्यक्रम जारी राखेको छ ।
सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य प्राकृतिक विपद्को उच्च जोखिमलाई ध्यानमा राख्दै व्यापक पूर्वतयारी तथा परिचालन योजना बनाएको छ ।

यो कार्यक्रम आज ८ असोजदेखि १२ असोजसम्म जारी रहनेछ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक जोगेन्द्र केसीका अनुसार, विपद् व्यवस्थापन खोज तथा उद्धार कार्यहरूको प्रक्रियालाई सु–व्यवस्थित, छिटो तथा प्रभावकारी बनाउन ट्र्याकिङ गर्न र अभिलेख राख्नका लागि प्राकृतिक विपत्ति तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बलको सक्रियता निरन्तर जारी रहने छ ।

साथै, पूर्वसूचना, तत्काल उद्धार, खोलाको नियमित निगरानी, जोखिमयुक्त खोला तथा नदीको जोखिम नक्शांकन तयार गरी नियमित पेट्रोलिङ गर्ने, पुल, तटबन्धन, कमजोर किनारा, बस्ती र डुबान हुन सक्ने स्थानमा विशेष निगरानी गरिने, पानीको सतह, बहावको तीव्रता र तटबन्धको अवस्था’bout अब्जरभेशन रेकर्ड राखी सम्भावित जोखिम देखिएमा तत्काल युनिटमा सूचना आदानप्रदान गरिने भएको छ । साथै निगरानी, सूचना, तयारी र उद्धार गर्न तयार रहेको सूचना अधिकारी डीएसपी केसीको भनाइ छ ।
यसले जनमानसमा विश्वास दिलाउन मद्दत पुर्याउने विश्वास लिइएको उनले बताए ।
सम्बन्धित समाचार
राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी
प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह
ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
मेलाबाट उठेको रकम पर्यटनमा लगानी
भानु नगरपालिकाबाट जग्गा प्रशासन सेवा सुरु
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’मा जुटे ४२१ पालिका
भोजपुरका उपमेयर शेर्पा र वडाध्यक्ष एमालेबाट निष्कासित
आम्दानीको स्रोत बन्दै भटमास खेती






