विपन्नलाई सुनिताको सहयोग

काठमाडौं । गायिका सुनिता दुलालले मृगौला पीडित ओम कृष्ण भण्डारीलाई आर्थिक सहयोग गरेकी छिन् । मृगौला पीडित भण्डारी छातीमा खराबी र पाचन क्रियामा समस्या भएपछि नयाँ ठिमी स्थित कोरियन अस्पतालमा उपचाररत छन् । सिन्धुपाल्चोकका राष्ट्रिय खेलाडी प्रेम भण्डारी सहित अस्पताल पुगेकी सुनिताले ५५ हजार सहयोग गरेकी हुन् ।

कसैले दुःख पाएको कुरा सुनेपछि छोइहाल्छ अनि सकेको सहयोग गर्छु : सुनीता दुलाल

सुनिता र प्रेम भण्डारीले पाँच पाँच हजार सहयोग गरे भने अमेरिकामा बस्दै आएका अञ्जु थापा, हेमन्त श्रेष्ठ, बसन्त खड्का, दिपेश भट्टराईले क्रमश पाँच पाँच हजार सहयोग गरेका थिए । त्यस्तै बेलायत बस्दै आएका डिल्ली गुरुङ, जापानका सुनिल श्रेष्ठ, नितु दाहाल, क्यानडाका कमल कार्की, नेपालवाटै प्रकाश दुलाल र दुर्गादेब सुवेदीले पाँच पाँच हजार सहयोग गरेका थिए ।

सबैबाट जम्मा भएको ५५ हजार हस्तान्तरण गरेकी सुनिताले यस्तो अवस्थामा जोसुकैलाई सामान्य सहयोग पनि महत्वपूर्ण हुने धारणा राखिन् ।

त्यसो त लकडाउनले रोजीरोटी खोसिएपछि समस्यामा परेका किर्तिपुरमा बस्दै आएका श्रमिकको परिवारलाई पनि उनले आर्थिक सहयोग गरेकी थिइन् । किर्तिपुरमा बस्दै आएका श्रमिकका परिवारलाई भाडा नदिएपछि घरबेटीले निकालिदिने जानकारी पाएकी सुनिताले उक्त परिवारलाई तीन महिनाको भाडा र खाद्यान्ह सहयोग गरेकी थिइन् ।

सांगीतिक दुनियामा सक्रिय सुनिताले दर्जनौ चर्चित गीत गाएकी छिन् । गायनको अतिरिक्त समाजसेवामा पनि उनी उत्तिकै सक्रिय छिन् । ०७२ सालमा आएको विनाशकारी भूकम्पपछि केही सरकारी विद्यालयमा अध्ययनरत बालबालिकालाई स्टेशनरी र पोशाक प्रदान गरेकी सुनिता सामाजिक काममा सक्रिय हुन्छिन् । ‘कसैले दुःख पाएको कुरा सुनेपछि छोइहाल्छ अनि सकेको सहयोग गर्छु ।’ उनले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल–चीन जोड्ने ‘लाइफलाइन’ खाँदबारी–किमाथांका सडक पुनः सञ्चालनमा