सेती अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको नोबल कोरोना (कोभिड १९) अस्पताल कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण देखिएको छ । धनगढी उपमहानगरपालिकाकी २८ वर्षीया स्टाफ नर्समा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित स्टाफ नर्स कोरोना अस्पतालमै कार्यरत रहेको बताइएको छ । अहिले उनको सेती अस्पतालको आइसोलसनमा राखेर उपचार हुँदैछ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको सेती अस्पतालले जनाएको छ ।

सेती अस्पतालले उनको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीको पनि परीक्षण गर्ने जनाएको छ । यसअघि कञ्चनपुरका तीन र डडेल्धुराका एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भइसकेको छ । योसँगै सुदूरपश्चिममा पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

कैलालीका नदीमा डल्फिनको चहलपहल