बारा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेपछि भाग्दै आएका २८ वर्षीय विकास कुमार साह गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
दुई वर्ष अघि गढिमाई मेला हेर्न आएकी किशोरीलाई विकास कुमार साह समेत ७ जना मिलेर ललाई फकाई बारा बरीयारपुरस्थित फुसको छाप्रोमा लगेर सामुहिक बलात्कार गरेका थिए ।
जबरजस्ती करणी मुद्दामा सातै जनालाई पक्राउ गरी जिल्ला अदालत बारा पेश गरिएकोमा १८ पुस २०७१ मा बारा जिल्ला अदालतले सफाई दिएको थियो । पुनरावेदन अदालत हेटौंडाको १० जेठ २०७३ मा सातै जनालाई दोशी ठहर गर्दै कैद सजायको फैसला गरेपछि उनीहरु फरार रहेका थिए ।
फरार प्रतिवादी मध्येका ९ वर्ष ६ महिना १५ दिन कैद ठहर भई फरार रहेका प्रतिवादी विकास कुमार साह गुप्तालाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सोमबार बारा जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाएको छ ।






