स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प

राजविराज, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित स्वास्थ्य चौकीको सम्पूर्ण सेवा चार दिनदेखी ठप्प रहेको छ ।

उक्त स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सुरक्षाका लागि भन्दै गत आइतबारदेखी सबै सेवा बन्द गरिएको हो ।

स्वास्थ्य संयोजक रामदेव यादवले यस स्वास्थ्य चौकीबाट हनुमाननगरस्थित क्वारेन्टाइन केन्द्रमा खटिएका एक स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि सुरक्षाका लागि हाल स्वास्थ्य चौकीबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले गत शनिबार कोरोना संक्रमित पुष्टि भएका स्वास्थ्यकर्मीलाई अहिले साईकृष्णा अस्पतालको आइसोलेशन कक्षमा राखी उपचार भइरहेको बताए ।

उनले संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका सोही स्वास्थ्य चौकीका अन्य पाँच जना स्वास्थ्यकर्मीलाई हाल होम क्वारेन्टाइनमा राखिएकाले उक्त स्वास्थ्य चौकीको सेवा प्रभावित बनेको बताए । उनले होम क्वारेन्टाइनमा राखिएका स्वास्थ्यकर्मीहरुको पनि स्वाब संकलन गरि परिक्षणका लागि पठाइसकिएको र रिपोर्ट आएपछि सोही अनुसार सेवा पुनःसंचालन’bout आवश्यक निर्णय लिइने जानकारी पनि दिए ।

यसअघि सप्तरीको बोदेबसाईनस्थित क्वारेन्टाइनमा खटिएका एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली