भारतीय सेनाका कोही बेपत्ता छैनन् : भारतीय सेना

नयाँदिल्ली । भारतीय सेना र चिनियाँ सेनाका बीचमा भएको भिडन्तका क्रममा भारतीय सेना तर्फका कोही पनि बेपत्ता नभएको भारतीय सेनाले जनाएको छ ।

केही दिन अगाडी भएको भिडन्तका क्रममा केही भारतीय सैनिकहरु बेपत्ता भएको भनिएको विषयमा भारतीय सेनाले बिहीबार स्पष्ट पार्दै आफ्नो तर्फका कोही पनि सम्पर्कबिहिन नरहेको जानकारी दिएको हो ।

यही जुन १५ र १६ तारिखमा लदाखको गल्वान उपत्यकामा दुई देशका सैनिकहरुका बीचमा भिडन्त भएको र भारत तर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको थियो ।

भारतीय सेनाद्धारा जारी वक्तव्यमा लेखिएको छ, ‘न्युयोर्क टाइम्सले चीन र भारतका बीचमा भएको झडपका क्रममा केही भारतीय सैनिकहरु बेपत्ता समेत भएको भनेर यही जुन १७ मा समाचार लेखेपनि भारतीय सेनाका कोही पनि बेपत्ता नभएको स्पष्ट पार्न चाहन्छौँ ।’

झडपका क्रममा कर्णेल तहका सैन्य अधिकारीसहित भारतीय सैनिक तर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,147 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन र एमालेले इटहरी–धरानमा ग-यो उमेद्वारी दर्ता