वलय सूर्यग्रहण र यसको प्रभाव

संस्कृत भाषाको ‘गृण्ह’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ । खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ । सामान्यतयः सूर्य र चन्द्र बिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो । ग्रहण औंसी र पूर्णिमामा लाग्छ । सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमा तिथिमा लाग्दछ ।

खण्डग्रास र खग्रास गरी दुई प्रकारको ग्रहण हुन्छ । सूर्य वा चन्द्रमाको पूरा भाग नभई थोरै अर्थात् आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ र कुनै भाग मात्र नभइ सूर्य वा चन्द्रमाको पूरा भाग छायामा पर्नुलाई खग्रास ग्रहण भनिन्छ । खण्डग्रास थोरै समय मात्र रहन्छ भने खग्रास ग्रहण धेरै समयको हुने गर्दछ ।

२०७७ साल असार ७ गते आइतबार अमावश्य तिथिका दिन अहिलेसम्मकै सबैभन्दा लामो सूर्यग्रहण लाग्दै छ । खण्डग्रास सूर्यग्रहण भनेर यसको नामकरण भएको छ । बिहान १० बजेर ५० मिनटमा स्पर्श, १२ बजेर ३८ मिनटमा मध्य, अपरान्ह २ बजेर २३ मिनेटमा मोक्ष र सर्वपर्व ३ घण्टा ३३ मिनेटको हुनेछ । २०७७ साल असार ६ गते शनिबार रात्रि १० बजेर ५० मिनटदेखि सूर्यग्रहणको सूतक लाग्नेछ । सो समयमा बाल, वृद्ध, बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । सूर्यका परावैजनिक किरण, विकिरणलगायतबाट असर गर्न सक्ने धार्मिक तथा वैज्ञानिकको भनाइ रहेको छ ।

नेपाली आकाशमा लाग्ने यो ग्रहण २०७७ सालभरिको एक मात्र ग्रहण हो

खण्डग्रास सूर्यग्रहण दुई नक्षत्रलाई समेटेर लाग्दै छ । मिथुन राशिमा लाग्ने कारणले यसलाई विशेष रूपमा हेरिएको छ । मृगशिरा र आराध्र्या नक्षेत्र तथा मिथुन राशिका व्यक्तिलाई अति कष्ट हुन सक्ने ज्योतिषशास्त्रमा उल्लेख भएको पाइन्छ । ग्रहणकालबीचको ३ घण्टा ३१ मिनेटमा हामीले विशेष सावधानी पु¥याउनुपर्दछ । मृगशिरा र आराध्र्या नक्षत्रमा हुने एवं मिथुन राशिमा हुने हुनाले यसले १२ राशिमा फरक फरक असर पार्नेछ । वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु, कुम्भ र मीन राशिमा नकारात्मक प्रभाव पार्दैन तर ग्रहण हेर्न भने मिल्दैन ।

यो सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिनेछ । काठमाडौंबाट भने ८८ प्रतिशतसम्म सूर्य ढाक्नेछ ।

यो पूरा सूर्य ढाक्ने सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास आधा ढाक्ने मात्र देख्न सकिनेछ । वैज्ञानिक र ज्योतिषशास्त्रका अनुसार ग्रहण कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिनेछ । ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसोको अनुभव हुनेछ । ग्रहणका दिन दुईपटक बिहान भएको पो हि कि भन्ने जस्तो महसुस हुनेछ । यसरी वैज्ञानिक र धार्मिक आधार धेरै रहेका छन् । ग्रहण लागेको समयमा बर्जित गरेका कार्यलाई हेलचक्राइँ र खेलाची नगरी पालना गर्दा राम्रो हुने विश्वास गर्न सकिन्छ । धर्मशास्त्रअनुसार सूर्यग्रहण मेष, सिंह, कन्या र मकर राशि भएका मानिसले मात्र हेर्न हुने धार्मिक मान्यता छ । ज्योतिषशास्त्रका अनुसार मेष राशिलाई ३ श्री प्राप्ति, वृष राशिलाई २ क्षति, मिथुन राशिलाई १ घात, कर्कट राशिलाई १२ व्यय, सिंह राशिलाई ११ लाभ, कन्या राशिलाई १० सुखम्, तुला राशिलाई ९ माननास, वृश्चिक राशिलाई ८ कष्टम्, धनु राशिलाई ७ स्त्रीपीडा, मकर राशिलाई ६ सोख्यम्, कुम्भ राशिलाई ५ चिन्ता, मीन राशिलाई ४ व्यथा भन्ने पञ्चाङमा उल्लेख गरिएको छ । यसमा उल्लेख गरिएको अंक सूर्यग्रहणको प्रभावको प्राथमिकीकरण हो । त्यसैले, यस सूर्यग्रहणलाई महŒवपूर्ण रूपमा हेरिन्छ । सूर्यग्रहणका धेरै वैज्ञानिक कारण, धार्मिक कारण र अन्य खगोलीय प्रमाण तथा आधार रहेका छन् ।

हिन्दू धर्मको परम्पराअनुसार ग्रहणको समयमा भोजन र जलादि ग्रहण गर्न बर्जित गरिएको छ । ग्रहणकालमा भोजन बनाउनु वा यसको तयारी गर्नुसमेत हुँदैन । कुनै पनि शुभकार्यको थालनी गर्नुहुँदैन । अन्यथा असफलता प्राप्त हुनेछ । देवपूजनका साथै देवीदेवताको मूर्तिस्पर्श गर्नबाट बच्नुपर्दछ । ग्रहणको सूतक कालमा उपासना वा देव दर्शन बर्जित रहन्छ । यस कालमा मदिरा, धुम्रपान वा सुर्ती सेवन गर्नुहँुदैन अन्यथा ग्रहणको दुष्प्रभाव पर्दछ । ग्रहणको समयमा जुठो भाडाँ वा चुल्हो राख्नुहुँदैन । साथै यस कालमा माछामासु काट्ने वा बेच्न अशुभ हुने मान्यता छ । ग्रहणकालमा कपाल र नङ काट्नु वा काट्न लगाउनुहँुदैन । यस समयमा सिलाइकटाइ गर्नुसमेत अशुभ मानिन्छ । ग्रहण कालमा तीखा, धारिलो हतियारको प्रयोग गर्न बर्जित छ । ग्रहणकालमा निदाउनुसमेत हँुदैन अन्यथा यसले हानि पु¥याउने धार्मिक मान्यता छ । ग्रहणको समयमा शारीरिक सम्बन्ध राख्न बर्जित गरिएको छ अन्यथा अशुभ हुने विश्वास गरिएको छ । ग्रहणलाई नांगो आखाँले हेर्नुहँुदैन । ग्रहणको छायाबाट गर्भवती महिलाले विशेष रूपमा बच्नुपर्दछ । ग्रहणकालमा वृद्ध र रोगी मानिसले घरबाहिर निस्कनुहुँदैन ।

अन्त्यमा, नेपाली आकाशमा लाग्ने यो ग्रहण २०७७ सालभरिको एक मात्र ग्रहण हो भने यो वर्ष नेपालबाट अरू कुनै पनि ग्रहण देखिने छैनन् । ग्रहण अवधिमा धार्मिक रूपमा बर्जित गरिएका कार्यहरू पालना गर्दा स्वास्थ्य र शारीरिक रूपमा नै लाभ हुनेमा विश्वास गर्न सकिन्छ । चन्द्र, सूर्य र पृथ्वी एउटै रेखामा हुने हँुदा ग्रहणको समयमा समुन्द्रमा छाल आउन सक्ने, भूकम्प जान सक्ने सम्भावना पनि हुन सक्छ । यो खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभई विश्वका अन्य देशहरूबाट पनि देख्न सकिन्छ । यस ग्रहणलाइ भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान, अफ्रिका, अस्ट्रेलिया, अमेरिकाका केही भूभाग, अन्टार्टिका साउदी अरब, कंगो, इथोपियालगायत युरोप, एसिया महाद्वीपका विभिन्न देशहरूबाट समेत देख्न सकिन्छ ।
(लेखक नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार