भोली यी क्षेत्रमा लोडसेडिङ हुने

काठमाडौं । काठमाडौको घुम्ती, धापासी, च्यासिन्टोल , हात्तिगौडा, बालुवाडीपो, हेपाली लगायतका क्षेत्रमा मंगलवार दिउसो १२ देखी ५ बजेसम्म ‘लोडसेटिडङ’ हुने भएको छ ।

महाराजगंज वितरण केन्द्रको गणेशथान फिडरबाट वितरीत लाइन बुढानिलकण्ठ नगरपालिका २ गणेशचोकको जिर्ण ११ मी. एच. टी लाइनको पोल परीवर्तन गर्नु पर्ने भएकोले लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

निर्धारित समय अगावै काम सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ