बागलुङका थप ११ जनाले जिते कोरोना

बागलुङ । बागलुङका थप ११ जनाले कोरोना संक्रमणलाई जितेका छन् । धौलागिरी बहुमुखी क्याम्पस बागलुङको प्रि–आइसोलेसनमा रहेका ११ जना कोरोना मुक्त भएर घर फर्केका हुन् ।

उनीहरुलाई सोमबार राती डिस्चार्ज गरेको धौलागिरी अंचल अस्पताल बागलुङका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट शैलेन्द्र विक पोख्रेरलले जानकारी दिए । दुई साता अघि कोरोना पोजिटिभ देखिए पछि उनीहरुलाई प्रि–आइसोलेनमा भर्ना गरिएको थियो । कोरोना जितेर घरफर्कनेहरुमा बडिगाड गाउँपालिकाका ५, बरेङ्ग गाउँपालिकाका २, निसीखोला गाउँपालिकाका २ र गलकोट तथरपालिका तथा ताराखोला गाउँपालिकाका १÷१ जना रहेका छन् ।

योसँगै बागलुङमा कोरोना निको हुनेको संख्या २३ पुगेको छ । बागलुङमा हालसम्म १ सय २५ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु भारतबाट घर फर्केका हुन् । हालसम्म समुदायमा कोरोना संक्रमण नफैलिए पनि स्वास्थ्य सुरक्षा तथा सामाजिक दुरी कायम नराखे समस्या हुने जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई