Thursday, May 6, 2021
Home भर्खरै ढोकाअगाडि सुशासनको शपथ, टेबलमुनिबाट घुसको बकस

ढोकाअगाडि सुशासनको शपथ, टेबलमुनिबाट घुसको बकस

भ्रष्टाचारको ग्राफ बर्सेनि बढ्दो

,

काठमाडौं । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै सरकारी कार्यालयका कर्मचारीलाई ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न । म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने शपथको प्रतिज्ञा गराए । तर, यो शपथ व्यवहारमा भने अझै लागु हुन सकेको देखिँदैन ।

प्रधानमन्त्री कार्यालयदेखि सबै सरकारी कार्यालयको ढोकैमा देखिने गरी लेखिएको ‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्न’ भन्ने नाराले अहिले तिनै सरकारी कार्यालयलाई गिजाइरहेको छ ।

पछिल्लो समय भ्रष्टाचार र घुसखोरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको तथ्यांकले घुस लिने र भ्रष्टाचार गर्ने प्रवृत्ति झनै बढेर गएको देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा ३ सय ५० वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको थियो । गत वर्ष १९ वर्षको इतिहासकै धेरै भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारको दाबी थियो । तर, अहिले यो आर्थिक वर्षको १० महिनाको अवधिमा ३ सय ७० वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

गत आर्थिक वर्षमा घुस लेनदेनका १ सय ५० वटा मुद्दा दर्ता भएकामा यो आर्थिक वर्षको १० महिनाको अवधिमा १ सय ४२ वटा मुद्दा दर्ता भइसकेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

म भ्रष्टाचार गर्दिनँ भन्ने नारा कर्मचारीले शपथका रूपमा खाए पनि भ्रष्टाचारको संख्यामा भने विगतभन्दा झनै बढेको प्रवक्ता कोइरालाले बताए । ‘अख्तियारले अहिले सक्रियता धेरै बढाएको छ,’ उनले भने, ‘उजुरी दिनेको संख्या पनि विगतभन्दा धेरै रहेको छ ।’

त्यस्तै, अख्तियारले आर्थिक वर्ष २०७४-७५ मा १ सय ९४ मुद्दा चलाएको थियो । २०७३÷७४ मा १ सय ५४ वटा मुद्दा विशेष अदालतमा दर्ता भएका थिए । यो संख्या २०७२÷७३ मा १ सय ४४ थियो । त्यसअघि पनि अख्तियारले यो वर्षभन्दा बढी मुद्दा दर्ता गरेको देखिँदैन ।

गत आर्थिक वर्ष अख्तियारले दायर गरेका भ्रष्टाचार मुद्दामध्ये १ सय ४७ वटा रंगेहात घुससँग सम्बन्धित छन् । नक्कली प्रमाणपत्रका ८८, सार्वजनिक सम्पत्ति नोक्सानीका ३९, गैरकानुनी लाभहानिका ३३, राजस्व हिनामिनाका १०, गैरकानुनी सम्पत्तिका १२ अनि विविध विषयका २२ वटा मुद्दा दायर भएका छन् ।

पछिल्लो तीन महिनाको अवधिलाई हेर्दा पनि अख्तियारले यो लकडाउनको अवधिमा मात्रै ४७ वटा केसमा ९७ जनाविरुद्ध विशेष अदालतमा दर्ता गरेको छ । अकुत सम्पत्ति, घुस, नक्कली सर्टिफिकेट, आर्थिक अनियमिततालगायतको मुद्दा अख्तियारले विशेष अदालतमा दर्ता गराएको छ ।

आर्थिक अनियमिततासँग सम्बन्धित १० वटा मुद्दा ३९ जनाविरुद्ध मुद्दा चलाइएको छ । नक्कली सर्टिफिकेट प्रयोग गरेर सरकारी जागिर खाने ११ जना, अकुत सम्पतिसँग जोडिएका चारवटा मुद्दामा आठ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

त्यस्तै, घुस रकम लिएका १४ वटामा २४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । घुस लिनेमा वन कार्यालयका प्रमुख, प्रहरी, स्थानीय निकायका वडा सदस्यसम्म छन् । अख्तियारले लकडाउनको अवधिमा १५ हजारदेखि ३ लाख रुपैयाँ घुस लिनेसम्मलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको पाइएको छ ।

त्यस्तै, राजस्वसम्बन्धी मुद्दामा १५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियारले यस आर्थिक वर्षमामा ललिता निवास जग्गा प्रकरणमा तीन पूर्वमन्त्रीसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता ग¥यो । बालुवाटारको ललिता निवास जग्गा प्रकरणलाई अख्तियारले ठूलो उपलब्धिका रूपमा लिएको छ ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो ।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्ने निकायमा बस्ने पाठक मात्रै होइनन्, पछिल्लो समय अख्तियारमा बसेर गएका कर्मचारी तथा प्रहरीहरू पनि धमाधम भ्रष्टाचार काण्डमा नै मुछिएका छन् । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेत पनि अहिले सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा छन् । अख्तियारमा बसेर गएका प्रमुख अधिकृत, प्रहरी र कानुनका उपसचिवसहित ६ जनाभन्दा बढी घुस प्रकरणमा मुछिएको पाइएको छ । केही त अख्तियारद्वारा नै रंगेहात पक्राउसमेत परेका छन् ।

एकातिर अख्तियारले भ्रष्टाचार गर्नेलाई मुद्दा चलाइरहे पनि अख्तियारमा लामो समय बसेर अन्यत्र सरुवा भएका कर्मचारी नै घुस काण्डमा मुछिन थालेपछि अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न सिर्जना हुन थालेको छ । यी घटनाले कतै अहिले पनि अख्तियारमा रहेका त्यस्तै, भ्रष्ट कर्मचारीले ‘बार्गेनिङ’ गर्दै घुस त लिइरहेका छैनन् भन्ने आशंका सिर्जना गरिदिएको छ ।

अख्तियारको तथ्यांक हेर्दा अघिल्लो वर्षको तुलनामा मुद्दा र प्रतिवादीको संख्या बढाएको छ । रंगेहातमा कारबाही गर्नुका साथै कतिपय अवस्थामा सेवाग्राहीले नै घुस दिँदा दिँदै कर्मचारी पक्राउ परेका थिए । धेरै मिहिनेत नपर्ने, दायर भएका मुद्दा ठहर हुने प्रबल सम्भावना भएकाले रंगेहात घुस र नक्कली प्रमाणपत्रका मुद्दा अख्तियारको सफलता दर बढाउने माध्यम भएका छन् । अख्तियारले अघिल्लो वर्षको तुलनामा गैरकानुनी सम्पत्ति आर्जनका मुद्दाको संख्या केही बढाएको छ । तर, यस्ता अनुसन्धानमा पर्ने आरोपितहरू भने प्रशासनिक र राजनीतिक नियुक्तिमा परेका व्यक्ति धेरै छन् ।

नयाँ संविधान जारी भएसँगै अख्तियारको ‘अनुचित कार्य’माथि अनुसन्धान गर्ने क्षेत्राधिकार कटौती भएको छ । भ्रष्टाचारका मुद्दा दायर नहुने तर अनियमितता भएका घटनामा अख्तियारले कारबाही गर्न नसक्दा ठूलो संख्याको उजुरी अलपत्र परेको देखिन्छ ।

(Visited 298 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

साताका लोकप्रिय समाचार

संक्रमणदर उच्च, डिस्चार्ज अति न्यून

काठमाडौं । दैनिक कोरोना संक्रमित थपिनेक्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्मै अत्यधिक...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

फुलबुट्टे सारीमा गाएकी वियोन्सेकाे नयाँ गीत ल्यासी पाउ (भिडियाेसहित)

काठमाडौं । फुलबुट्टे सारीबाट नेपाली गीत संगीतमा चर्चामा आएकी युगान्डाकी गायिका वियोन्सेले फेरि अर्को नयाँ गीत ल्यासी पाउ ल्याएकी छन् । फुलबुट्टे सारीका संगीतकार...

बैतडीमा शव बाेकेकाे जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

बैतडी ।  बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलमा जिप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको...

एक मुद्दामा एक जना

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएर महामारीको दोस्रो लहर देखिएपछि सर्वोच्च अदालतले न्याय सेवा प्रवाहमा संकुचन ल्याएको छ । सम्बन्धित मुद्दाका एक–एक...

ट्रेन्डिङ

वेस्ट इन्डिजविरुद्ध इंग्ल्यान्डको टोली घोषणा

लन्डन । इंग्ल्यान्ड क्रिकेट बोर्डले घरेलु भूमिमा बुधबारदेखि सुरु हुने वेस्ट इन्डिजसँगको तीन टेस्ट सिरिजअन्तर्गत पहिलो टेस्टका लागि १३ सदस्य टोली घोषणा गरेको छ...

सिजन लम्ब्याउने तयारी

लन्डन । युरोपियन फुटबलको सर्वाच्च निकाय (यूईएफए)ले यो सिजन आउँदो अगस्टमा सकाउने योजना अघि सारेको छ । यूईएफएले क्लबको दबाब कम गर्न र टिभी...

सजिलाे छैन उपत्यका छिर्न, नाकामा अनुगमन गर्दै नगरपालिका

काठमाडौँ । बिहीबार महालक्ष्मी नगरपालिकाले सिद्धिपुरस्थित तीन घरमा तालाबन्दी ग-यो । उपत्यका बाहिरको कोरोना सङ्क्रमित जिल्लाबाट आएकालाई नगरपालिकासँगको समन्वयमा प्रहरीले ती घरमा तालाबन्दी गरेको...

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः चिनियाँ रक्षामन्त्री

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको...

प्रदेश राजधानीको प्रस्ताव पास गराउन नेकपा संसदीय दलको निर्देशन

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ को संसदीय दलले सरकारले ल्याएको राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पास गराउन प्रदेशसभाका सदस्यलाई निर्देशन दिएको...

भुक्तानी नगर्ने चिनी उद्योगीलाई पक्राउ गर्न पत्राचार

काठमाडौं । लामो समयदेखि उखु किसानको बक्यौता भुुक्तानी नगर्ने चिनी उद्योगीलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयले जिल्ला प्रशासनलाई पत्राचार गरेको छ । गृहमन्त्री रामबहादुर...

यी हुन् विश्वकै बोल्ड टिभी होस्ट (फोटोफिचर)

एजेन्सी । मेक्सिकाको टिलिभिजन कार्यक्रम प्रस्तोता यनेट ग्रेसिया विश्वका हट टिभी होस्ट मध्ये एक मानिन्छिन् । उनले सञ्चालन गर्ने कार्यक्रम भन्दा पनि धेरै चर्चा...

कर्मचारीको उत्साह, सुख र सन्तुष्टि

बेरोजगार मानिस दुःखी हुनु स्वाभाविक हो । तर, बेरोजगार मानिस जब रोजगारीमा आउँछ, तब ऊ स्थायीरूपमा दुःखी हुन थाल्छ । लेखा अधिकृतमा लोकसेवा आयोगको...

दलित समूदायमा ग्याँस चुलो बितरण

बैतडी । बैतडीको दोगडाकेदार गाँउपालिकाले वडा न. ७, का सबै दलित घरपरिवारलाई १–१ ग्याँस चुलो र ग्याँस सिलेण्डर बितरण...

नेपालमा एकै दिन थपियो १४ जना संक्रमित, संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरमा १२ जना...

पोस्टपेड मोबाइलमा पनि टेलिकमको प्याक

काठमाडौं । नेपाल टेलिकमका पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेन्टल शुल्क (रन्टल चार्ज) तिर्नुपर्ने हुन्छ । यसको अर्थ ग्राहकले थोरै रकमको...

आईपीएल यूएईमा हुने

मुम्बई । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने पक्का भएको छ । आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले आईपीएल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)