डडेल्धुरा । डडेल्धुरामा क्वारेन्टाइनबाट घर गएका एक युवकको मृत्यु भएको छ ।
भारतबाट फर्केर क्वारेन्टाइनमा बसी घर गएका अजयमेरु गाउँपालिका-५ का २६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख हिक्मत खडायतले बताए ।
गाउँपालिका-५ गाल नजिकैको क्वारेन्टाइनमा १४ दिन बसेपछि उनीसँगै आएका १९ जनाको आरडीटी गरिएको थियो ।आरडीटी नेगेटिभ आएपछि घर फर्काइएका उनको बुधबार राति घरमै मृत्यु भएको स्वास्थ्य शाखाका प्रमुख खडायतले बताए ।
पीसीआर नगराएर आरडीटी परीक्षण मात्रै गरेर घर पठाएको उनले बताए । मृतक युवकको स्थानीयले परम्परागत तरिकाले दाहासंस्कार गरिसकेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)






