प्रहरी निरीक्षक र कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ

धनगढी । अख्तियाको टोलीले कैलालीमा एक जना प्रहरी निरीक्षक र कानुन ब्यवसायीलाई ५० हजार घुसको रकमसहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरबाट खटिएको टोलीले बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरिक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय बिक्रम बिष्टलाई नगद ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोपवहादुर विष्टले विशेष सूचनाको आधारमा कानुन व्यवसायी विष्टको फर्मबाट उनीहरुलाई ५० हजार घुससहित रंगेहात पक्राउ परेको बताए । जवरजस्तीकरणी र सार्वजनिक हितविरुद्धको दुई वटा मुद्दा मिलाईदिन्छु भन्दै कार्की र बिष्टले ५० हजार घुस लिएको सूचना अधिकारी विष्टले जानकारी दिए ।

कानुन व्यवसायी बिष्टले बिचौलीयाको भूमीका खेलेको र घुस रकम बुझ्न प्रहरी निरीक्षक कार्की कानुन व्यवसायीको फर्ममा आएको समयमा पक्राउ गरेको अख्तियारले जनाएको छ ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

समयसापेक्ष लोकतान्त्रिक अभ्यास
दाहाल, नेपाल र गौतम छलफलमा पार्टी एकताको बाँकी काम टुंगोमा पुर्‍याउने
सर्वोच्च अदालतको ऐतिहासिक फैसला : लकडाउन खुलेको ३० दिनसम्म हदम्याद नलाग्ने
एमाले–जसपा सत्ता सहकार्य पक्का
सभापतिमा उठ्ने कल्याण गुरुङको घोषणा
कोरोना भाइरस समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी