Monday, January 18, 2021
Home भर्खरै 'नेपाल र चीनबीच सीमा विवाद छैन'

‘नेपाल र चीनबीच सीमा विवाद छैन’

काठमाडौं । परराष्ट मन्त्रालयले नेपाल र चीनबीच सीमा विवाद नभएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीचको सीमा विवाद ५ अक्टोबर १९६१ मा दुई देशबीच सन्धि भएकै बेला समाधान भएको उल्लेख गरेको छ । कृषि तथा उद्योग मन्त्रालयको तथ्यांकका आधारमा दिइएको समाचारमा पुष्टि हुने आधार नरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण गरेको समाचार आइरहेका बेला चीनले पनि सीमा विवाद गरेको विषय उठेपछि परराष्ट्र मन्त्रालयले सीमा विवादको बारेमा प्रस्ट पारेको हो । चीनले सीमा मिचेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा संकल्प प्रस्तावसमेत पेस गरिसकेको छ । तर, परराष्ट्र मन्त्रालयले भने सीमा विवाद पहिल्यै हल भइसेकेको जनाएको छ ।

नेपाल र चीन सीमाको विषयमा सन् १९६० मा सीमाको सुपरिवेक्षण र सन् १९६१ अक्टोबरमा सीमा सन्धि भएको थियो ।
सन् १९६२ मा नेपाल र चीनबीचको सीमांकन भएको र सन् १९६३ मा ब्राउन्डी प्रोटोकलमा हस्ताक्षर भएको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताए ।

उनका अनुसार हाल चीनसँग दोलखाको लामाबगर गाविसको लेप्चा गाउँस्थित कोर्लाङपारी हिमालको टिप्पाचुलीमा केही क्षेत्र सीमा मिचिएको भेटिएको छ । सीमाको सुपरिवेक्षण गर्दा ५७ नम्बरको पिल्लर जुन ठाउँमा हुनुपर्ने हो, सो ठाउँमा नरहेको भेटियो । लामो समय नभेटिएको सो सीमा स्तम्भ २०६२ सालमा भेटिएको थियो ।

‘नेपालका तर्फबाट ५७ गलत ठाउँमा गाडिएछ,’ सीमाविद् श्रेष्ठले भने, ‘अलिकति मिचिएको भनेर कुरा उठेको छ । संयुक्त सीमा समिति नबसेको हुँदा निर्णय भएको छैन ।’

दुई देशले सर्वाधिकार ब्राउन्ड्री प्रोटोकलमा सन् १९६३ मा हस्ताक्षर गरेपछि हरेक १० वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ । ‘त्यसपछि सन् १९७९ र १९८८ मा दुईपटक नवीकरण भए पनि त्यसयता दुई देशको ब्राउन्ड्री प्रोटोकलको विषयमा नवीकरण हुन सकेको छैन,’ सीमाविद् श्रेष्ठले राजधानीसँग भने ।

यो पनि पढ्नुहोस   कमलपोखरी पुनर्निर्माण विवाद : रानीपोखरी जस्तै सुरुवाती चाल

तेस्रोपटक नवीकरण गर्न संयुक्त सीमा समितिले १२ वर्षदेखि काम गरिरहेको छ । अब अर्कोे बाउन्डी प्रोटोकलमा हस्ताक्षर गर्न सीमा अवलोकन, सीमा सुपरिवेक्षण, सीमा निरीक्षण गर्नुपर्ने हुन्छ । तर, सीमा विवाद समाधानका लागि दुई देशको संयुक्त बैठक बसेर मात्रै हल गर्न सकिने उनले बताए ।

‘चीनले सीमा मिचिएको ठाउँमा नदीको धार परिवर्तन भएको हुन सक्छ,’ सीमाविद् श्रेष्ठले भने । नदीको सिमाना रहेको ठाउँका विषयमा २०७६ कात्तिकमा नेपाल र चीनबीच दुई पक्ष वार्ता भई हस्ताक्षर भई पत्र आदानप्रदान भइसकेको छ । चीन र नेपालको बीचमा भएको धार परिवर्तन भएको भए पहिलाको १९६२ भएको सन्धिलाई मान्ने भनिएको छ ।

नेपाली गाउँ नै चीनको भूमिमा रहेको भन्ने विषयमा भने अध्ययन गर्न बाँकी रहेको सीमाविद् श्रेष्ठको भनाइ छ ।  ‘सन् १९६२ मा चीन र नेपालबीच सीमा निर्धारण हुँदा त्यसबेला सो ठाउँको कुरा उठेको थिएन,’ उनले भने । गोरखाको रुई गाउँ चीनको स्वशासित क्षेत्र तिब्बतमा परेका विषयमा भने अधययन हुनु जरुरी रहेको उनको भनाइ छ ।

‘सन् १९६२ मा नेपाल र चीन सीमा निर्धारण हुँदा पानीको ढलोट, भन्ज्याङ, नदीको सिद्धान्तलाई अपनाइएको थियो । यस कारण रुइ गाउँको केही भाग उत्तरतर्फ चीन र बाँकी दक्षिणतर्फ नेपालमा परेको हुन सक्छ । भन्ज्याङलाई पनि सीमा छुट्टाउने सिद्धान्त मानिएको हुदाँ यस विषयमा अध्ययन हुन बाँकी रहेको छ,’ श्रेष्ठले भने ।

(Visited 147 times, 1 visits today)
Loading comments...

आजको समाचार

३९ वर्षमा महसुस् भयो ‘म पुरुष हैन महिला हुँ’

मुम्बई । बलिउडका प्रसिद्ध फेशन डिजाइनर स्वप्निल सिन्दे अब सायशा सिन्दे बनेकी छिन् । उनले केबल आफ्नो नाम मात्रै बदलिनन् । लिंग नै परिवर्तन्...

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार...

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी...

बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने

ललितपुर । बृहस्पति अस्त आज आइतबारबाट सुरु हुँदैछ । बिहान ११ बजेर ५८ मिनेटमा पश्चिममा अस्ताउने बृहस्पति आउने फागुन २ गते दिउँसो १२ बजेर...

निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री प्रभु साहको यस्तो निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै...

साताका लोकप्रिय समाचार

नेपाल प्राध्यापक संघका ८ पूर्व अध्यक्षहरुले भने : संसद विघटन दुर्घटनाको संकेत

काठमाडौं । नेपाल प्राध्यापक संघका ८ जना पूर्व अध्यक्षहरुले संसद विघटन संविधानमा तोकिएको व्यवस्था विपरित भएको र यसले दुर्घटनाको संकेत गरेको बताएका छन । संघका...

सञ्चारकर्मी संग बोल्नै मानेनन् सभापति देउवा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका सभापति एवमं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्रकारसंग बोल्दै नबोलि हिँडेका छन् । नेपाली कांग्रेस केन्द्रीय खेलकुद...

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

काठमाडौं । स्वर्गीय गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको...

पत्रकार महासंघद्वारा पत्रकार पुरस्कृत

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण...

विप्लव समुहका दाेस्राे नेता बास्ताेल पक्राउ

काठमाडाैं ।  प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रमुख नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । विप्लव समूहको दोस्रो नेता मानिने बास्तोलालाई मकवानपुरको बागमती गाउँपालिकाबाट...

ट्रेन्डिङ

स्याङ्जामा मेला, महोत्सव र सम्मेलनमा रोक

स्याङ्जा । विश्वभर बढ्दै गएको कोराना भाइरस (कोभिड—१९) को संक्रमण र सन्त्रासले स्याङ्जामा पार्न सक्ने प्रभावका लागि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले...

जनस्वास्थ्य र स्वास्थ्य मन्त्रालय

नेपालको संविधानमा प्रत्येक नेपालीलाई स्वास्थ्यका लागि ग्यारेन्टी गरिएको छ । अथवा स्वास्थ्यलाई व्यक्तिको नैसर्गिक अधिकार भनिएको छ । तर, के नेपालमा प्रत्यक नेपालीले राज्यद्वारा...

बौद्धिक सम्पत्तिको रक्षा र विदेशी लगानी

सरकारले यस वर्षको बजेटमा दैनिक जनजीवनका अत्यावश्यक वस्तु औषधि र स्वास्थ्य सामग्री एवं स्वदेशी कच्चा पदार्थ प्रयोग गरी आन्तरिक उत्पादन वृद्धि गर्न सामूहिक ट्रेडमार्क...

खाल्डोमा गाडीएको अवस्थामा किशोरीको शव

इलाम । इलामको सूर्योदय नगरपालिका–१३ को पोखरी स्थित किराँत टोलमा हत्या गरि खाल्डोमा गाडीएको अवस्थामा एक युवतीको शव फेला परेको छ । स्थानीय...

पार्टी एकता र स्थिरताको सन्देश देऊ

देशमा दुई तिहाइको सरकार बनेर स्थायित्व कायम होला भनी जनताले अपेक्षा गरिरहेका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्तिसंघर्ष उत्कर्षमा पुगेको छ । यसले...

कालोबजारी रोक्न सूक्ष्म अनुसन्धान टोली , १ वर्ष कैद र १० लाखसम्म जरिमाना

काठमाडौं । कोरोना भाइरस संक्रमणको त्राससँगै बजारमा मौलाउँदै गएको कालोबजारीप्रति लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालोबजारी गर्नेको पहिचान गर्न सूक्ष्म अनुसन्धान टोली बनाएको...

विद्युत् जडित क्षमता तीन हजार मेगावाट पुग्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रस्तुत गरेको नीति...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम उद्धार उडान

काठमाडौँ । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विभिन्न मुलुकबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार...

एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

भर्खरै

निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री प्रभु साहको यस्तो निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै...

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु...

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी...

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

धेरै पढिएका

करिअर बनाउन भन्दै टेनिस खेलाडी एडल्ट साइटमा आबद्ध

एजेन्सी । करिअर बनाउन भन्दै १९ वर्षिय टेनिस खेलाडी एन्जेलिना ग्रावक एडल्ट वेबसाइटमा आवद्ध भएकी छिन् । उनको भनाई अनुसार टेनिस खेल भन्दा यो...

द भ्वाइस अफ नेपालका निर्णायक चयन

काठमाडौं । यतिबेला डिजिटल रूपमै प्रारम्भिक चरणको भर्चुअल अडिसन भइरहेको गायनसम्बन्धी रियालिटी सो द भ्वाइस अफ नेपालका कोचहरू चयन भएका छन् । दोस्रो शृंखलाका...

आरआर क्याम्पसका प्राध्यापक आचार्य क्याम्पसबाटै पक्राउ, छात्रामाथि यौनहिंसा गरेको अभियोग

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई छात्रामाथि यौन हिंसा गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । उनी प्राध्यापनरत...

उत्तर कोरियाका सर्वोच्च नेता किम सत्तारुढ दलको महासचिवमा निर्वाचित

प्योङ्गयाङ्ग । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित हुनुभएको छ । पार्टीको आठौँ अधिवेशनले उहाँलाई महासचिवमा निर्वाचित...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)