बझाङ । बझाङमा शनिबार २ महिने शिशुसहित ८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसंगै जिल्ला भित्र कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र बीर अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुङगल नगरपालिका २ महिने शिशुसहित ६ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै केदारस्यु गाँउपालिका वडा नं २ र ३ का २ जना पुरुषमा पनि देखिएको छ ।
शुक्रबार मात्र केदारस्यु गाँउपालिकाका १० महिने शिशुमा कोरोना संक्रमण देखिएको थियो । हालसम्म बझाङ जिल्लाका ६ वटा स्थानीय तहमा कोरोनाको संक्रमण पुष्टि भएको छ । बुंगल नगरपालिका, विथ्थडचिर, केदारस्युँ, थलारा, खप्तडछान्ना र छविसपाथिभेरा गाँउपालिकामा कोरोनाको संक्रमण देखिएको हो । जिल्ला भरी १६ जना महिला र ५५ जना पुरुष गरेर जम्मा ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।






