रोनाल्डो चम्किदा युभेन्ट्स विजयी

रोम । कोरोना भाइरसको महामारीकाबीच इटालीमा जारी रहेको फुटबल लिग सिरी एमा युभेन्टेसले लिसलाई शुक्रबार राति ४–० ले पराजित गरेको छ । यो खेलमा क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरे । उनले प्रतियोगितामा एक पेनाल्टी गोल गरे भने दुई गोल गर्न सहयोग गरेका थिए । युभेन्टसले यो जितसँगै अंक तालिकामा दोस्रो स्थानमा रहेको लाजियोलाई ७ अंकले पछाडि पार्न सफल भयो ।

म्याचमा लिज १० खेलाडीमा सीमित हुन पुगेको थियो । लिजका डिफेन्डर फेबियो लुसियोनी खेलको ३२औं मिनेटमा रेडकार्ड खाएर मैदानबाट बाहिरिएका थिए । त्यतिबेलासम्म खेल गोलरहित रहेको थियो ।

म्याचमा पहिलो गोल युभेन्टसका लागि पाओओ डिबालाले गरेको थिए । उनले खेलको ५३औं मिनेटमा गोल गर्दै टिमलाई १–० ले अगाडि लगाए । त्यसपछि क्रिस्टियानो रोनाल्डोले खेलको ६२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए । गोन्जाआले हिगुएनले खेलको ८३औं मिनेटमा सानदार गोल गरे । त्यसको दुई मिनेटपछि मैथिस डि लाइटले गोल गरे । यो खेलपछि २८ म्याच खेलेको युभेन्टसलेका ६९ अंक रहेको छ । उसले २२ खेलमा जित ३ मा हार र ३ खेलमा बराबरीको नतिजा निकालेको छ ।

दोस्रो स्थानमा रहेको लाजियोको ६२ अंक छ । २७ खेल खेलेको लाजियोले १९ मा जित ३ मा हार र ५ मा ड्र खेलेको छ । इन्टरमिलान अंक तालिकाको तेस्रो स्थानमा छ । उसको ५८ अंक छ ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी