कोरोना विरुद्धको युद्ध जित्न स्थानीय सरकारलाई सोसेकको सहयोग

दैलेख । विश्वभरि फैलिएको कोराना भाइरस विरुद्धको युद्ध जित्न सामाजिक सेवा केन्द्र (सोसेक) ले अछाम जिल्लामा १ दैलेखका १० वटा स्थानीय सरकारलाई ४३ लाख १२ हजार ५ सय ३३ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री र खाद्यान्न सहयोग गरेको छ । ११ वटै स्थानीय तह, स्वास्थ्य संस्थालाई कोरोनाको संक्रमणबाट बच्न स्वास्थ्य सामाग्री र क्वारेन्टाइन व्यवस्थापन र विपन्न परिवारका लागि खाद्यान्न सहयोग गरेको हो ।

स्वास्थ्य सामग्रीहरु पीपीई, गेम बुट, सर्जिकल मास्क, केएन ९५ मास्क, सेनिटाइजर, हात धुने साबुन, थर्मामिटर लगायतका सामग्री हस्तान्तरण गरिएको सेवा केन्द्रका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए । उनले भने, ‘हामीले स्थानीय तहको आवश्यकताका आधारमा सहयोग गरेका हौं । जुन गाउँपालिका वा नगरपालिकाले सहयोग गर्न अनुरोध गरे,अनि मात्र संस्थाद्वारा सहयोग गरिएको हो’, उनले भने ।

डिसिए नेपालको आर्थिक सहयोगमा संस्थाले दैलेखका दुल्लु, आठबिस, नारायण, चामुण्डाविन्द्रासैनी नगरपालिका र नौमुले, महाबु, गुराँस, भगवतिमाई, ठाटिकाँध र भैरबी गाउँपालिका तथा अछामको पञ्चदेवल विनायक नगरपालिकामा सहयोग गरेको हो ।

त्यस्तैगरी सधैंभरि मजदुरी गरेर जीवनयापन गर्दै आएका नागरिकमा लकडाउन गर्दा छाक टार्न समस्या हुँदा खाद्यान्न वितरण गरिएको हो । ‘खाद्यान्न पाउने जिल्लाभरिका वादी समुदाय, एकल महिला, एचआईभी संक्रमित, अपांगता भएका व्यक्ति तथा अतिविपन्न परिवारलाई लक्षित गरेर खाद्य सामग्री स्थानीय तहमार्फत वितरण गरेका हौं’, उपनिर्देशक श्रेष्ठले थपे । कोरोना भाइरसको संक्रमण नफैलियोस भन्नका लागि नेपाल सरकारले गरेको लकडाउनले प्रत्यक्ष मारेमा परेका ज्यालामजदुरी गरेर हातमुख जोर्ने विपन्न परिवारहरुलाई चामल, तेल, नुन, दाल, चिनी, चियापत्ती लगाएतका खाद्यान्न सहयोग गरिएको थियो । विपन्न वा फरक क्षमता भएका नागरिकलाई खाद्यान्न सहित स्वास्थ्य सामग्रीहरु साबुन, सरफ, मञ्जन, ब्रस, सेनेटरी प्याड समेत प्रदान गरिएको छ ।

संस्थाद्धारा सहयोग सामग्रीहरु आवश्यकता अनुसार विभिन्न समुदाय, क्वारेन्टाइन स्थल, स्वास्थ्य संस्थाहरुमा वितरण गरिसकेको स्थानीय तहहरुले जनाएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिकाका मेयर देवराज देवकोटाले महामारीसँग लड्न स्थानीय तहको एक्लो प्रयासले मात्रै नपुग्ने भएकाले गैरसरकारीसंस्थाहरुले सहयोग गरेको जानकारी दिए । हामी एक्लैलाई क्वारेन्टाईन व्यवस्थापन र स्वास्थ्य सामाग्री खदिर गर्न समस्या थियो । सामाजिक सेवा केन्द्रबाट खाद्यान्न र स्वास्थ्य सामाग्री पाउँदा विपन्न परिवारले राहत पाएका छन् । हाम्रो नगरपालिकालाई सजिलो भएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिकाका विपन्न परिवारलाई स्वास्थ्य सामाग्री र खाद्यान्न वितरणपछि घर फर्किदै स्थानीयबासी ।
तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली