रुकुम पश्चिम । कोरोणा परीक्षणका लागि पिसिआर मेसिन चौरजहारी आइपुगेको छ । मेसिन चौरजहारी पुगेसंगै जडानको काम अहिले चलिरहेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले मेडि सोलुसन प्रालि काठमाडौंसँग १ हजार परीक्षण किटसहित मेसिन खरिदका लागि १ करोड २३ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।
दैनिक ९० जनासम्मको स्वाब परीक्षण गर्ने गरी मेसिन खरिद गरिएको चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले बताए । उनका अनुसार अब रुकुमसहित सल्यान, जाजरकोट र डोल्पाका नागरीकहरुको कोरोना भए नभएको परीक्षण गर्न सहज हुनेछ ।
मेसिन चौरजहारी पुगेको र जडाको काम सुरुभएकाले ३४ दिनमा जडानको काम सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । पिसिआर मेसिन सञ्चालको लागि आश्यक जनशक्तिको लागि विज्ञापन गरिएको र जडान समपन्न भएपछि सञ्चालमा ल्याउने उनले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)