ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न सुझाब

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न आग्रह गरेका छन् । ओलीले आइतबार आयोजित एक कार्यक्रममा भारत र नेपालकै नेताहरुले मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको दाबी गरेपछि नेकपाका शीर्ष नेताहरु ओलीमाथि प्रश्न गर्न थालेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भिर रहेको भन्दै छलफल हुनुपर्ने धारणा राखेका थिए ।

सोही वैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र सरकारको नेतृत्व गर्ने नैतिकता गुमाएको टिप्पणी गरेका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरिरहेको दावी गर्दै पद नपाएकाहरुले आफ्नो आलोचना गरेका थिए ।
यता जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको अघिल्लो दिनको भनाईका विषयमा टिप्पणी गर्दै आफुलाई हटाउन खोज्ने देशका राजदुतलाई देश निकाला गर्न सुझाब दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल–चीन जोड्ने ‘लाइफलाइन’ खाँदबारी–किमाथांका सडक पुनः सञ्चालनमा