Friday, April 23, 2021
Home Editor-Picks बलात्कार मुद्दामा बयान फेर्दा...

बलात्कार मुद्दामा बयान फेर्दा…

,

काठमाडौं । बलात्कार मुद्दामा पीडित भनिएकी महिलाले बयान फेरेकै आधारमा चितवन जिल्ला अदालतले एक महिना कैद र ६३ हजार रुपैयाँ प्रतिवादी युवकलाई क्षतिपूर्तिबापत दिनुपर्ने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले पीडित भनिएकी युवतीले सुरुमा आफू बलात्कृत भएको भनेको र पछि बयान फेरेकै आधारमा कैद र जरिमाना हुने फैसला गरेको हो । १२ कक्षामा अध्ययनरत महिलाले अदालतमा बयान दिने क्रममा जबर्जस्ती करणीको उद्योग नगरेको र घटनास्थल भनिएको होटेलमा आफूहरू नगएको भनी जाहेरी बेहोरा प्रतिकूल हुने गरी अदालतमा बकपत्र गरेकी थिइन् ।

सुरुमा युवतीले आफूलाई प्रतिवादी युवकले बलात्कार गरेको भनी किटानी जाहेरी दिएकी थिइन् । युवतीको किटानी जाहेरीकै आधारमा प्रहरीले विवेक पंगेनीलाई पक्राउ गरेर जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको थियो । प्रहरीमा बलात्कार भएको भनी दिएको बयान अदालतमा पुगेपछि होइन भनी बयान दिएपछि अदालतले बयान फेरेकै आधारमा उनलाई कैद सजाय सुनाएको हो ।

घटनास्थलमा गएको अवस्था पुष्टि भएको र निजले दिएको जाहेरीका आधारमा हालसम्म थुनामा रहेका प्रतिवादीले आफूलाई केही नगरेको भन्ने जाहेरवालाको बकपत्रका आधारमा प्रतिवादीलाई सफाइ दिने जिल्ला अदालतको फैसलामा उल्लेख छ ।
युवतीका साथमा गएका अन्य दुई जनाले भने जाहेरवाली र प्रतिवादी होटेलको कोठामा गई लामो समयसम्म बाहिर नआएपछि आफूहरू फर्किएको भनी अदालतमा बकपत्र गरेका थिए । आरोपित युवकले समेत आफूहरू होटेलमा बसेको तर करणीको प्रयास नगरेको बयान दिएका थिए ।

अदालतको फैसलासँगै अब ती युवतीले एक महिना कैद र प्रतिवादीलाई ६३ हजार क्षतिपूर्तिबापत तिर्नुपर्नेछ । प्रतिवादी युवक सात महिनादेखि अदालतको आदेशपछि जेलमा बसेको र प्रतिदिन ३ सय रुपैयाँको दरले हुन आउने बराबरको रकम उनलाई क्षतिपूर्ति भराउन अदालतले फैसला जारी गरेको छ ।

चितवनको रत्ननगर नगरपालिका–६ स्थित सौराहको नमुना भिलेज रिसोर्टको कोठामा गत २७ कात्तिकमा बलात्कार गरेको भन्दै युवतीले गत १ मंसिरमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा पक्राउ परेका स्थानीय विवेक पंगेनी चितवन जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा थिए । अदालतको फैसला चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउनेसमेत न्यायाधीश रावलले गरेको फैसलामा उल्लेख छ ।

(Visited 359 times, 1 visits today)
Loading comments...

आजको समाचार

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

नेपालगञ्जमा बिरामीलाई बेड छैन, अक्सिजन अभाव हुन थाल्याे

राँझा ।  बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

भारतमा कोरोना : अहिलेसम्मकै धेरै, एकै दिन ३ लाख ३२ हजार सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने...

साताका लोकप्रिय समाचार

१२ सय ८१ जनामा कोरोना संक्रमण, ८ जनाकाे मृत्यु

काठमाडाैं ।  नेपालमा सोमबार थप १२ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ सय २७...

उपत्यकामा कडाइ : लगाइएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

काठमाडाैं ।  मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको...

ओझेलमा सयौं फैसला

काठमाडौं । सर्वोच्च, उच्च र जिल्ला अदालतले गरेका हजारौं मुद्दा अझै कार्यान्वयनमा आउन सकेका छैनन् । कार्यान्वयन आउन नसक्दा फैसला कागजको खोस्टा बन्ने खतरा...

सभापति देउवाद्वारा सांस्कृतिक पुस्तक लोकार्पण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोजमूलक सांस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक लोकार्पण गरेका छन् । देउवाले नुवाकोटका साहित्यकार श्रीराम...

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

ट्रेन्डिङ

अष्टलक्ष्मी शाक्यसहित दाहाल-नेपाल समूहका कार्यकर्ता पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशव्यापी आमहड्ताल घोषणा गरेको छ । आम हड्ताल सफल बनाउन सडकमा उत्रिएका नेकपा दाहाल-नेपाल समूहका...

कोरोना भाइरसको सन्त्रास : भारतबाट फर्किने नेपालीको लर्को

धनगढी। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ का रमेश विक रोजगारीका लागि भारतको चेन्नाई जाने गरेका छन् । उनी चार वर्षदेखि ओहोरदोहोर गर्दै आएका...

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

काठमाडौं । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका...

‘फर्क गाउँघर’ सार्वजनिक

काठमाडौं । दसैं तिहार गीत ‘फर्क गाउँघर’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीतका साथै स्वर नेत्र गुरुङको रहेको छ । उनैको निर्देशनमा...

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल...

सीमा प्रहरीका दुःखकष्ट समाधान गर

देशीय तथा अन्तरदेशीय सीमा सुरक्षामा कडाइ गर्दै गइरहेका बेला सीमा सुरक्षामा अहोरात्र खट्ने प्रहरी सुरक्षाकर्मीका लागि गाँस, बास र कपासको उचित व्यवस्थापन हुन नसकिरहेको...

राजनीतिक स्थिरता खोज

विभिन्न घटनाक्रमका बाबजुद पनि प्रतिनिधिसभा पुनस्र्थापना भएर राजनीतिले एउटा गति लिएको छ । तर, पनि संसद्ले उपयुक्त विजनेसअनुसार काम गर्न सकिरहेको छैन । नयाँ...

इलाममा चिया परीक्षण तथा प्रबद्र्धन केन्द्रको शिलन्यास

इलाम । इलामको सूर्योदय नगरपालिकाको कन्याममा चिया परिक्षण तथा प्रबद्र्धन केन्द्र निर्माणको लागि शिलान्यास भएको छ । सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम्बर प्रदेश...

दिल्लीविरुद्ध मुम्बईको जीत

अबुधावी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सविरुद्ध मुम्बइ इन्डियन विजयी भयो । अबुधाबीमा सम्पन्न खेलमा दिल्लीलाई मुम्बाईले ५ विकेटले...

मकवानपुरमा नेकपा र जसपाले बहिष्कार गरे निर्वाचन कार्यालयको बैठक

हेटौंडा । वर्तमान सरकारले घोषणा गरेको निर्वाचनका लागि मकवानपुरमा आज आयोजना गरिएको बैठक नेकपा र जनता समाजवादी पार्टी (जसपा) बहिष्कार गरेका छन् । जिल्ला...

पीएसजीलाई सिजनको दोस्रो उपाधि

पेरिस । कोरोनाका कारण फुटबल गतिविधि स्थगित भएपछि ११ खेल छँदै फ्रेन्च लिग वानको च्याम्पियन बनेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सिजनको दोस्रो उपाधिका रूपमा...

कोरोना बेवास्ता गर्दै शाहिद दम्पती व्यायाममा

मुम्बई । ‘फिटनेस’लाई लिएर कलाकर्मी अति नै सजग हुने गर्छन् । यसका लागि सन्तुलित आहार उनीहरूको मुख्य ध्येय हो । त्यसमाथि ‘फिटनेस’मा अझ बढी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)