काठमाडौँ । नेपालमा थप ७४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
यो सँगै सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म ६ हजार १४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)






