‘पिता ज्यूहरु, साम्राज्ञीलाई अर्ती दिएर मात्रै प्रतिष्ठा जोगिन्न है’

डियर साम्राज्ञी,
तपाईंलाई पहिलो पटक नायिकाको रुपमा सुपर ‘काजल फिल्म’ को चलचित्र ‘ड्रिम्स’ बाट चलचित्र क्षेत्रमा पदार्पण गर्ने मौका दिने व्यक्तिप्रति तपाईं धन्यवादी हुनुहुन्छ भन्नेमा म अपेक्षा गर्दछु । करिब ६ बर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत भइ सुपरहिट भएको चलचित्र ‘ड्रिम्स’को शूटिङको क्रममा पानी खान पाइँन, छाता ओढ्न पाइँन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन बर्ष पछाडि मलगायत अन्य निर्माताहरुलाई गाली गलौज गरेको देख्दा आश्चर्य लागेको छ ।’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गरेर आफुले फिल्म सुटिङको क्रममा सास्ती पाएको उल्लेख गरेपछि अभिनेता भुवन केसीले सामाजिक सञ्जाल मार्फत साम्राज्ञीलाई जवाफ लेखे ।

त्यहि पोष्टमा केसीले लेखेका छन्, ‘आफुलाई ब्रेक दिने पितातुल्य व्यक्तिका ’boutमा अनर्गल तथा झुटा कुराहरु उल्लेख गरी तपाईंले मेरो ’boutमा आफ्नो इन्स्टाग्राममा भिडियो बनाइ पोस्ट गर्नु भएको सामाग्रीहरुको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

यति कुरा पक्का हो । उमेरले पितातुल्य भए पनि व्यक्तिको आचरणमा पितामा हुनुपर्ने गुण भेटिएन भने कुनै दिन छोरा, नाती पुस्ताका व्यक्ति यसरी जाग्नेछन् । त्यतिबेला पिता पुस्ताकाहरुसंग मैले गल्ती गरें, मलाई माफ गरिदेउ मेरो इज्जत लिलाम हुनबाट जोगाइदेउ भनेर बिन्ती गर्नु बाहेकको उपाय हुने छैन

हो, उमेरको कुरा गर्ने हो भने भुवन केसी साम्राज्ञीका पितातुल्य व्यक्ति हुन् । यसको अर्थ पिताले गरेका बद्मासीका ’boutमा पुत्र पुत्रीहरुले सधैँ मौन बस्नु पर्छ भनेर कुनै शास्त्रमा लेखेको छैन । यदि कतै त्यस्तो लेखिएको छ भने ती शास्त्रका श्लोकहरुका विषयमा थप विश्लेषण गरौंला । यति कुरा पक्का हो, कुनै पनि व्यक्ति उमेरले मात्रै पितातुल्य हुन्न । उसको आचरणमा पितातुल्य व्यवहार झल्किनु पर्छ ।

साम्राज्ञीले इन्स्टामा पानी समेत खान नपाएको कुरा गरेकी छिन् तर, काउन्टर जवाफ दिएका केसीले पानी खान दिएको, उनको केयर गरेको वा उनलाई छोरी समानको व्यवहार गरेको त कतै उल्लेख गरेका छैनन् । उनको भाषा यस्तो छ । ‘म ४० वर्षदेखि यहि क्षेत्रमा काम गरिरहेको मान्छेलाई यस्तो भन्ने ?’ ४० मात्रै किन जुग बिताएको मान्छेले पनि गल्ती गर्छ भने गल्ती गरेवापतको सजाय पाउनै पर्छ । केही वर्ष अगाडी जन्मेकै कारण छोेरी समानकी महिलालाई दुव्र्यवहार गर्ने छुट कसैलाई पनि छैन ।

नायक केसीले अर्को पनि कुरा गरेका छन्, ‘यस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा प्रचलित साइबर कानुन र मानहानी सम्बन्धी कानुनको प्रगोग गरी आवश्यक कानुनी प्रकृयामा जाने छु ।’

म यसमा सहमत छु । कसैले कसैलाई झुठा लाञ्छना लगाउछ भने उबिरुद्ध मानहानीको मुद्दा दायर गर्न सकिन्छ । तर, साम्राज्ञीले भुवन केसीविरुद्ध दुव्र्यवहार गरेको अभियागमा मुद्दा दायर गरिन् भने के जवाफ दिनेछन् भुवन केसीले । उनलाई यो पनि जानकारी हुनुपर्छ । ‘अदातलमा उमेरले पिता समान हुँदैमा कसैले पनि अभियोगबाट मुक्ति पाउदैनन् ।’

अर्को कुरा केसीले पटक पटक भनेका छन् ‘मैले ब्रेक दिएँ । चलचित्र सुपरहिट भयो ।’ ड्रिम्समा साम्राज्ञी अडिसनमा पास भएर नायिका भएकी हुन् । भुवन केसीले छोरी जस्तो लागेर वा साम्राज्ञीको माया लागेर कृपा गरेका होइनन् । कुनै पनि निर्माता/निर्देशकले आफ्ना चलचित्रमा कलाकार एवं प्राविधिकलाई अनुबन्ध गराइसकेपछि सुटिङ अवधिभरको पुरा जिम्मेवारी लिनुपर्छ । उसको सञ्चो बिसञ्चो, खान पान, अवासलगायत हरेक कुरामा उसलाई सहज हुने वातावरण बनाइदिनु निर्माताको कर्तव्य हो ।

मञ्चमा भाषण गर्ने बेलामा कलाकार प्राविधिकका सामाजिक सुरक्षाको कुरा गर्ने तर, काम गराइसकेपछि सम्झौतापत्रमा उल्लेख भएको पारिश्रमिक समेत नदिने कपाल फुलेकाहरु धेरै छन् नेपाली फिल्म उद्योगमा । भलै भुवन केसीले सबैलाई तोकिएको पारिश्रमिक दिए होलान् तर, के तोकिएको पारिश्रमिक दिएर काम गराएँ भन्दैमा दुव्र्यवहार गर्ने छुट छ पिता समानका व्यक्तिहरुलाई ।

सामाजिक सञ्जालमा जुहारी सुरु भए लगत्तै भुवन केसीले न्याय माग्दै कलाकार संघमा निवेदन समेत दिएका छन् । कलाकार संघले आदेशात्मक विज्ञप्ति जारी गर्दै भनेको छ । ‘कलाकारहरु आफ्नो मर्यादामा बस्नु ।’ औपचारिकताका लागि विज्ञप्ति जारी गर्दैमा संघको दायित्व पूरा हुँदैन । कलाकार संघले वास्तवमै आफुलाई कलाकारहरुको अभिभावक संस्था मान्छ भने भुवन केसी र साम्राज्ञीलाई अदालतसम्म जाने वातावरण मिलाउनुपर्छ । दुबै पक्षलाई कानुनी परामर्शदाता उपलब्ध गराउने र विधिपूर्वक अदालत जाने बाटो तय गरिदिनुपर्छ ।

केही बढी उमेर खपत गरेकाहरुले अहिले पनि साम्राज्ञीलाई उपदेशात्मक शैलीमा भनेका छन्, ‘नयाँ कलाकार भएर पुरानाका ’boutमा यस्तो बोल्ने ?’

को पीडित हो र को पीडक कलाकार संघले छानविन गर्ने हैसियत राख्दैन । पीडितलाई न्याय र पीडकलाई कार्वाही गर्ने अदालतले हो कलाकार संघले होइन । कलाकार संघको वर्तमान नेतृत्वले त्यो हिम्मत गर्ने सम्भावना देखिन्न । हदै ग-यो भने दुई जनालाई दुई तिर राखेर केही कप चिया पिउने र अन्तिममा मिलेको फोटो शेसन गराएर फेशबुकमा पोष्ट गराउने बाहेकको काम गर्ला जस्तो लाग्दैन ।

यो केबल साम्राज्ञी र भुवनको व्यक्तिगत झगडा मात्रै हैन । नयाँ र पुराना पुस्ताविच अन्तरद्वन्द्वको सुरुवात हो । कतिपय पुराना कलाकारहरुले बेला मौकामा भन्ने गर्छन् ‘हामीलाई नयाँ कलाकारले नमस्कार समेत गर्दैनन् ।’ नयाँ कलाकारको उस्तै गुनासो छ ‘पुराना कलाकारले सुटिङमा हामीलाई त मान्छे नै गन्दैनन् ।’

केही बढी उमेर खपत गरेकाहरुले अहिले पनि साम्राज्ञीलाई उपदेशात्मक शैलीमा भनेका छन्, ‘नयाँ कलाकार भएर पुरानाका ’boutमा यस्तो बोल्ने ?’ भुवन र साम्राज्ञीबीचका खास समस्या अरु के के थिए सार्वजनिक हुँदै जालान् तर, यति कुरा पक्का हो । उमेरले पितातुल्य भए पनि व्यक्तिको आचरणमा पितामा हुनुपर्ने गुण भेटिएन भने कुनै दिन छोरा, नाती पुस्ताका व्यक्ति यसरी जाग्नेछन् । त्यतिबेला पिता पुस्ताकाहरुसंग मैले गल्ती गरें, मलाई माफ गरिदेउ मेरो इज्जत लिलाम हुनबाट जोगाइदेउ भनेर बिन्ती गर्नु बाहेकको उपाय हुने छैन ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सातै प्रदेशमा कांग्रेस पहिलो