Friday, June 18, 2021
Home प्रमुख नेकपा विवाद मिलाउन अध्यक्षद्वयको छलफल सकारात्मक

नेकपा विवाद मिलाउन अध्यक्षद्वयको छलफल सकारात्मक

,

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता तहमा देखिएको विवाद मिलाउन आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल सकारात्मक दिशामा उन्मुख भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी भएका थिए । नेता शर्माका अनुसार आज अध्यक्षहरुबीच आपसमा विगतमा भएका सहमति, त्यसको पालना र देखिएका कमीकमजोरीलगायत सबै विषयमा छलफल भएको र शनिबारको स्थायी कमिटी बैठक अगाडि पुनः बस्ने तय भएको छ ।

उनीबीच पार्टी एकतापूर्व २०७५ जेठ २ मा समानता र आपसी सहमतिका आधारमा सरकारमा आलोपालो नेतृत्व गर्न भएको सहमति, गत मङ्सिर ४ मा प्रधानमन्त्री ओली सरकारको काममै निरन्तर रहने र अध्यक्ष दाहाल पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहने गरी स्थायी कमिटीमा भएको निर्णयको कार्यान्वयनलगायतका विषयमा गम्भीरतापूर्वक छलफल भएको थियो । एकता प्रक्रियाका साक्षी महासचिव पौडेल र नेता शर्माले पनि कुनै पनि हालतमा पार्टी एकताबद्ध रहनुपर्छ भन्ने सुझाव दिएका थिए । कार्यकर्ता तहले समृद्धि र स्थिरताका लागि चुनावी घोषणापत्रअनुसार पार्टी एकताबद्ध भई आपसमा मिलेर देश र जनताका पक्षमा काम गर्न दबाब सिर्जना गरेको छ ।

नेकपाको मङ्गलबारको स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूची प्रभावित भई अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भनी दिनुभएको अभिव्यक्तिका विषयमा गर्मागर्मी छलफल भएको थियो । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेता भित्रभित्र संलग्न भएको भन्ने अभिव्यक्ति दिएको विषयमा छलफल हुँदा प्रधानमन्त्री ओलीको राजीनामाको विषय पनि उठेको थियो ।

यसैगरी निर्वाचन आयोगमा नेकपा (एमाले) नामको पार्टी दर्ताका लागि निवेदन परेको विषयमा त्यसमा नेकपाका नेता कार्यकर्ताको संलग्नता छ÷छैन भन्नेमा छलफल चलेको थियो । उक्त विषयका साथै संसद्को बजेट अधिवेशन बिहीबार अन्त्य भएका विषयमा पनि नेकपा स्थायी कमिटीमा विवाद उत्पन्न भएको छ । यही असार १० गते शुरु भएको नेकपाको स्थायी कमिटी बैठक शनिबार ११ः०० का लागि बजे तोकिएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको अन्तसङ्घर्ष कुनै व्यक्ति वा व्यक्तिको स्वार्थमा हुन नहुने भएकाले एउटा वा अर्को व्यक्तिको समर्थन वा विरोधमा नभई पार्टी एकता, समृद्धि, समाजवाद, देश, जनता र श्रमजीवी वर्गलाई केन्द्रविन्दुमा राखेर रुपान्तरणमुखी बहसमा सहभागी हुन आज आह्वान गरेका छन् । एकता जोगाउन सबै आफ्नो छातीमा हात राखेर सोच्न पनि उनले आग्रह गरेका छन् ।

बैठकमा नेपालको सीमा समस्या र समाधान, कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण, उपचार, सरकार तथा पार्टीको काम कारवाहीका विषयमा प्रवेश हुनेछ । बैठकमा सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत कार्यसूची तय गरिएका थिए । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच विसं २०७५ जेठ ३ गते एकता भई नेकपाको गठन भएको थियो ।

(Visited 229 times, 1 visits today)
Loading comments...

आजको समाचार

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

साताका लोकप्रिय समाचार

नर्सिङ पढ्दै गरेकी छात्राको रहस्यमय मृत्यु

झापा । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमय मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

महाधिवेशनको कार्यतालिका हेरफेर गर्न कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । महाधिवेशन कार्यतालिका फेरवदल गर्न कांग्रेस सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पार्टी सहमहामन्त्री...

खुल्यो निषेधाज्ञामा कर उठाउने बाटो

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दीमै कर उठाउन बाटो खुला गरिदिएको छ । यसअघि निषेधाज्ञा खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र कर नतिरे...

बजारमा नयनराज पाण्डेको ‘जियरा’

  काठमाडौं । लोकप्रिय लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोभिड सङ्क्रमितको...

ट्रेन्डिङ

इटलीमा ६ करोड मानिसलाई घरभित्रै बस्न निर्देशन

रोम । कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न इटलीले देशभर आपतकालीन उपायहरू विस्तार गरेको छ । इटली सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने...

कास्कीका पत्रकारको कोरोना बीमा

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले सदस्यको कोरोना बीमा शुरुआत गरेको छ । बीमाको लागि महासंघले मंगलबार सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँग सो सम्बन्धमा सहमति भएको...

बाइडेनलाई बधाई दिँदै विश्व स्वास्थ्य संगठनका महानिर्देशकले भने “सँगै काम गर्न इच्छुक छाै”

जेनेभा । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।उनले आइतबार ट्वीट...

दर्शक निदाउने चलचित्रलाई मौलिक भनिएको दीपकराजको आरोप

काठमाडौं । हास्य अभिनेता दीपकराज गिरीले मौलिकताको नाममा जुन पायो त्यही चलचित्रलाई राज्यले सहयोग गर्न नहुने बताएका छन् । नेपालमा मौलिकको नाममा पटकपटक दर्शकले...

प्रधानमन्त्रीलाई दाहाल–नेपाल समुहले पठायाे संविधानको पुस्तक

काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत दाहाल–नेपाल समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक पठाएको छ । शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको...

स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी । बैतडीमा स्काभेटर दुर्घटना हुँदा अपरेटर (चालक)को मृत्यु भएको छ । पाटन—पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलालीको निगालीका...

चिनियाँ राष्ट्रपति सी कोरोना प्रभावित वुहान भ्रमणमा

वुहान ।  चिनियाँ राष्ट्रपति सी जिनपिङ कोरोना भाइरसको संक्रमणबाट अत्यधिक प्रभावित हुबेई प्रान्तको वुहान भ्रमणमा गएका छन् । चीनमा कोरोना भाइरसको संकट नियन्त्रणमा आउन...

शहर सुन्दर बनाउने यी पौखरी हातहरु (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणको कारण अहिले सिंगै शहर त्रस्त छ । शहरमा बस्नेहरुका लागि मुखमा मास्क अनिवार्य जस्तै बनेको छ भने सामाजिक दुरी परिपालना...

भेरि अस्पतालका लेखा अधिकृतसहित १५ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्जस्थित भेरी अस्पतालका १५ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले अस्पतालका लेखा अधिकृत सन्तोषप्रसाद आचार्यसहित...

भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो

एएनआई । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार...

सडकमा क्रस गरेर अकासे पानी र ढल

काठमाडौं । ललितपुरस्थित महालक्ष्मी नगरपालिका–६ मा सडकमाथि क्रस गरेर पानी र ढल बग्ने बनाएपछि सडकमै डुबान भइरहेको छ । वर्षाको पानी बगेर सडक भत्किएपछि...

एसईई परीक्षा स्थगित

काठमाडौं । सरकारले भोलिदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमणलाई लिएर सरकारले एसईई...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)