Monday, July 26, 2021
HomeBreaking Newsइन्जिनियरको कमाइ ५ करोड रुपैयाँ

इन्जिनियरको कमाइ ५ करोड रुपैयाँ

घरजग्गादेखि सेयर बजारमा लगानी

,
sharethis

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले दायर गरेको अभियोगपत्रमा आचार्यले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २०७६ जेठ मसान्तसम्म ५ करोड २९ लाख ४२ हजार ४ सय ६६ रुपैयाँ आम्दानीमध्ये २ करोड ७ लाख ७९ हजार ९ सय ८३ रुपैयाँ मात्रै वैध भएको देखाएको छ । बाँकी ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँ अवैध तरिकाले धन आर्जन गरेको देखिएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सार्वजनिक सेवामा प्रवेशपश्चात् अर्यालले आफू र श्रीमतीका नाममा जग्गा खरिद, घरनिर्माण, सवारी साधन खरिदलगायतमा लगानीका साथै स्रोत नखुलेको रकमसमेत अस्वाभाविक मात्रामा बंैकिङ कारोवार तथा विभिन्न बैंक खातामा रकम जम्मा गरी सेयर लगानीलगायतका आपूmअनुकूल लगानी खर्च गर्ने गरेको देखिन आएको अदालतमा दर्ता गरेको अभियोगपत्रमा उल्लेख छ । विभिन्न बैंक खातामा रकम जम्मा गरी सेयर लगानीलगायतका आफूअनुकूल लगानी खर्च गर्ने गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ ।

३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँ अवैध तरिकाले धन आर्जन गरेको देखिएकाले मुद्दा दर्ता

सकड विभागमा इन्जिनियरका रूपका कार्यरत आचार्यले सरकारी सेवामा बसेर पदको दुरुपयोग गरी सो रकम जम्मा गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । सार्वजनिक निर्माण शाखा रुकुममा सब ओभरसियर पदमा १२ असोज २०४१ देखि सरकारी नियुक्ति पाएका आचार्य १ माघ २०६४ मा इन्जिनियरमा बढुवा भएका थिए । उनले विभिन्न जिल्लाको सडक विभागको इन्जिनियर हुदाँ करोडौं रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ । हाल सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत अवस्थामा अख्तियारले अनुसन्धान गर्दा अकुत सम्पत्ति आर्जन गरेको भेटिएको हो ।

आचार्यले आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति निजले श्रीमती रीतादेवी खनाल आचार्यसमेतका नाममा राखेको पाइएकाले स्रोत नखुलेका सम्पत्ति प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनार्थ मुद्दा दर्ता गरेको छ ।

अदालतकै कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
जिल्ला अदालत कपिलवस्तुमा दोभासेका रूपमा कार्यरत विश्वनाथ कुर्मी चौधरीलाई सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी मुद्दा चलाएको छ । ठगी मुद्दामा सहजीकरण गर्ने भन्दै करारमा कार्यरत चौधरीले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा बुटवलबाट खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

अख्तियारका अनुसार चौधरीले थुनछेक आदेशको क्रममा धरौटीमा छोड्ने प्रयोजनमा सहजीकरण गर्ने भन्दै मुद्दाका व्यक्तिसँग २ लाख रुपैयाँ लिएको अनुसन्धानमा खुलेको थियो । अख्तियारले २ लाख रुपैयाँ बिगो दाबी कायम गरी विशेष अदालत काठमाडौंमा चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

(Visited 357 times, 1 visits today)
Loading comments...

आजको समाचार

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

साताका लोकप्रिय समाचार

माधव नेपालसँगको भेटपछि प्रचण्ड बालुवाटारमा, महन्थले मागे ३ मन्त्रालय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि सिधै बालुवाटार हानिए । नयाँ मन्त्रिमण्डलको...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

रेलमा झेलैझेल

काठमाडौं । भारतबाट करीब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक–पटक समय तोके पनि तयारीमा...

आयात–निर्यात दुवै बढ्यो

  काठमाडौं । कोरोना महामारीको असहज अवस्थामा पनि गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आयात –निर्यात दुवै बढेको छ । गत आव असार मसान्तसम्मको अवधिमा...

आज गुरू पूर्णिमा

ललितपुर । आषाढ शुक्ल पूर्णिमाका दिन आज शनिबार गुरू पूर्णिमा मनाइँदै छ । व्यास र कबीर जयन्ती पनि आजै परेको छ । पूर्वीय दर्शन...

ट्रेन्डिङ

दाेहाेराे भिडन्त हैन, प्रहरी ज्यादती : विप्लव

संखुवासभा । अाइतवार दिउसाे संखुवसभामा भएकाे  प्रहरी र विप्लव कार्यकताविचकाे दाेहाेराे गाेली हानाहानकाे घटनाप्रती नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे छ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)