Tuesday, March 2, 2021
Home Breaking News नेकपामा केन्द्रीय कमिटी बैठकको माग

नेकपामा केन्द्रीय कमिटी बैठकको माग

काठमाडौं । नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ । दुवै जना आआफ्नो अडानमा यथावत् रहँदा विवाद समाधान हुन नसकेको हो ।

प्रधानमन्त्रीको राजीनामा प्रकरणले नेकपा शीर्ष नेतामा बढ्दै गएको दुरीका बीचमा सहमतिको मिलनबिन्दु खोज्ने प्रयास भए पनि उपलब्धि शून्य भएको छ । ओली र दाहाललाई सहमतिमा ल्याउन दोस्रो पुस्ताका शीर्ष नेताहरूले पहल थालेका छन् ।

ओली र दाहालका बीचमा भएको छलफलमा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, वर्षमान पुन, जनार्दन शर्मासमेतको सहभागिता रहेको थियो ।

– ओली र दाहालबीच अझै रस्साकस्सी
– शीर्ष नेतृत्वलाई मिलाउन युवा नेताको सक्रियता
– विवाद मिलाउन चार सदस्यीय कार्यदल

नेकपा महासचिव पौडेलले दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको र थप छलफलका लागि सोमबार पुन छलफल गर्ने सहमति भएको बताए । सोमबार स्थायी कमिटी बैठकसमेत बोलाइएको छ । बैठक बस्नुभन्दा अघि दुई अध्यक्षका बीचमा छलफल गर्ने सहमति भएको छ ।

यस्तै, उपप्रधान, रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य पोखरेल, महासचिव पौडेल, स्थायी कमिटीका सदस्य एवं ऊर्जामन्त्री पुन, स्थायी कमिटी सदस्य शर्मासहितको चार सदस्यीय एक कार्यदल गठन भएको छ ।

अनौपचारिक रूपमा गठन भएको यो कार्यदलले सहमतिको मिलनबिन्दु खोज्ने प्रयास गर्ने बताइएको छ । यो कार्यदलको आइतबार साझ दाहाल निवास खुमलटारमा बैठकसमेत बसेको नेकपा स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस   सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

केन्द्रीय कमिटी बैठकको माग
यसैबीच स्थायी कमिटीको बैठक चलिरहेकै बेला पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरिएको छ । नेकपा केन्द्रीय सदस्य दिलु पन्तले पछिल्लो राजनीति अवस्थाका साथै पार्टीका विभिन्न विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउन हस्ताक्षर सुरु गरिएको बताइन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सांकेतिक धर्ना दिइरहेका केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउन लागि हस्ताक्षर अभियान सुरु गरेका हुन् । पार्टीलाई विधि, पद्धति र विधानअनुसार सञ्चालन गर्नुपर्ने, पार्टी विभाजन रोक्नुपर्नेलगायतका मागसहित विगत दुई दिनदेखि केन्द्रीय कार्यालयमा सांकेतिक धर्ना दिइरहेका केन्द्रीय सदस्यले अब सबै विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठकको आवश्यकता रहेको जनाएका छन् ।

विधानअनुसार पार्टी सचिवालय, स्थायी कमिटीले कुनै पनि निर्णय गरे पनि त्यसको अनुमोदन केन्द्रीय कमिटीको बैठकबाट गराउनुपर्छ । पार्टीभित्र विभाजनको खतरा बढ्दै गए पछि केन्द्रीय सदस्यले हस्ताक्षर अभियान सञ्चालन गरेर नेतृत्वलाई दबाब दिएका हुन् ।

यसैबीच पार्टी एकतालाई बचाउन प्रभावकारी भूमिका खेल्न नेकपाको प्रवासी कमिटीले अध्यक्षद्वय ओली र दाहाललाई आग्रह गरेको छ । ३५ देशमा रहेका प्रवासी कमिटीका अध्यक्ष र सचिवहरुले प्रवास समन्वय कमिटीमार्फत ध्यानकर्षण गराउँदै पार्टीलाई फुटबाट जोगाउन माग गरेका हुन् ।

(Visited 160 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

साताका लोकप्रिय समाचार

चैत २७ देखि सुरू हुने अन्तर्राष्ट्रिय गणित सम्मेलनमा २५० जना सहभागी हुने

काठमाडौं । आगामी चैत २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन...

आकस्मिक मन्त्रिपरिषद् बैठकः संसद् अधिवेशन आह्वान गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेलाई बोलाइएको छ । स्रोतका अनुसार बैठकले...

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

नेकपामा दुवै समूह आआआफ्नो रणनीतिमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । दाहाल नेपाल...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

ट्रेन्डिङ

बाेल्न नसक्ने बालिकालाई गाेठालाे जाँदा झाडीमा लगेर बलात्कार

सप्तरी ।  जन्मजात बोल्न नसक्ने अपाङ्गता भएकी एक बालिका बलात्कारको आरोपमा यहाँको अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम राम पक्राउ परेका छन् ।...

लाइसेन्स नवीकरण खुल्यो, कोरोना सहज भएपछि मात्र वितरणको काम

काठमाडौं । कोरोना संक्रमण तीव्र भइरहेकै अवस्थामा भीडभाड बढेस“गै यातायात कार्यालयमा बन्द सेवा सुरु हुन थालेका छन् । काठमाडौं उपत्यकामा तीन साता लामो निषेधाज्ञा बुधबार...

इनफ इज इनफ अभियानप्रति राप्रपाको ऐक्यवद्धता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्याग्रही युवाहरूको माग सम्बोधन नगरेर सरकारले गल्ती गरिहेको बताएका छन् । कुनै आँखा...

कोरोना कहरले उडायो दशैंको रहर

इलाम । ‘कोदो फुल्यो बारीमा लरिलै धानको बाला झुल्यो खेतैमा, कत्ति राम्री देखिन्छौँ बरिलै जमरा र रातो टिकैमा’ नेपाली चलचित्र मुगलानको यो गीत रेडियोमा...

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

नेपाल सरकारको मुख्यसचिवको जिम्मेवारी र भूमिका

नेपाल सरकारको मुख्यसचिव देशको समग्र शासन प्रणालीको मियो हो । मुख्यसचिवको गुरुत्तर जिम्मेवारी र भूमिका बहुआयमिक छ । मुख्यसचिव सार्वजनिक प्रशासनको नेता मात्र नभएर...

बुद्ध जयन्तीको दिन ध्यान दिवस मनाउन स्वामी आनन्द अरुणको सुझाव

काठमाडौं । ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले हरेक वर्षको बुद्ध जयन्तीको दिन ध्यान दिवस मनाउन सुझाव दिएका छन । मुलुकको प्राकृतिक सौन्दर्यको उचित...

तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण वृद्धि हुँदै गएमा काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

औषधि विभागका अधिकृत रु दुई लाख घुससहित पक्राउ

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय...

अलिकति नैतिकता छ भने केपी ओलीले राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन’ पर्ने बताएका छन् । ‘यदी तपाईंमा अलिकति पनि लाज...

भ्याक्सिन्ड पर्यटक र एक्सपिरियन्स्ड पर्यटन

कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै भ्याक्सिन्ड पर्यटनको नाममा तंग्रिन खोज्दै छ । कोरोना महामारी नियन्त्रण गर्न विश्वभर भ्याक्सिन लगाउने कार्य तीव्र गतिमा बढिरहेको...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)