Tuesday, August 11, 2020
Home अन्तराष्ट्रिय कोरोना भाइरसबाट विश्वमा पाँच लाख ३७ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ३७ हजार भन्दा बढीको मृत्यु

जेनेभा स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १५ लाख ७७ हजार ९६५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६५ लाख ४६ हजार ८४५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४४ लाख ९४ हजार १७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६५५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २९ लाख ८३ हजार १४२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३२ हजार ५७१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २५ लाख १५ हजार ३६० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९३ हजार ७४१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३४ लाख ९४ हजार ६८७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७५ हजार ६५१ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ८४ हजार ८६६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९३ हजार ८४५ को मृत्यु भएको छ । एसिया २५ लाख ८६ हजार ६३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६२ हजार २६८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ४ लाख ७९ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ११ हजार ४०० जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार २३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ ।

(Visited 31 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

शैक्षिक सत्र होइन, स्वास्थ्यको ख्याल गर

कोरोना महामारीको संक्रमण देशव्यापी भएसँगै यस शैक्षिक सत्र अन्योलमा परेको छ । समयावधिका हिसाबले सुरु भइसके पनि पठनपाठनका हिसाबले यो सुरु भएको छैन ।...

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

धेरै पढिएका

कोरोना सन्त्रास : विदेशबाट आएकाबाटै उच्च जोखिम

काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमित पुष्टि भएका नौ जनामध्ये एक जनाबाहेक अन्य सबै विदेशबाटै आएका हुन् । शुक्रबारसम्म विदेशबाट आउनेहरू ६...

शिवरात्रीमा सन्तानेश्वर परिसरमा मेलाको तयारी

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका– ७, करापुटार स्थित इशानेश्वर अर्थात सन्तानेश्वर महादेव मन्दिर परिसरमा शिवरात्रीका लागि मेलाको...

क्वारेन्टाइनमा राखिएका विद्यार्थीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमण फैलिएको छिमेकी मुलुक चीनबाट उद्धार गर्न नसकिएका चार नेपाली विद्यार्थीको अबस्थाबारे जानकारी दिन सरकारसँग...

‘लकडाउन’ले बढायो निराशा

काठमाडौं । सरकारले घोषणा गरेको बन्दाबन्दीको ४६ दिनको अवधिमा ७ सय २१ जनाले आत्महत्या गरेका छन् । गत ११ चैतदेखि २७ वैशाखसम्मको तथ्यांकअनुसार ७...

ई-पेपर

(Visited 46 times, 1 visits today)